Connect with us
Kapilvast Forest

विदेशमा समस्यामा परेका साढे ५३ हजारभन्दा बढी नेपालीको उद्धार

२०७७, १४ भाद्र आईतवारमा प्रकाशित

airport.jpg
filephoto

काठमाडौँ- सरकारले विदेशमा कोरोनाका कारण समस्यामा परी फर्कनै पर्ने अवस्थामा रहेका हाल सम्म ५३ हजार ६९९ जना नेपालीलाई उद्वार गरेको छ । सिसिएमसिले जारी गरेको आजसम्मको तथ्याङकअनुसार ५८ देशमध्ये सबैभन्दा बढी १५ हजार २१० जना नेपाली युएइबाट फर्किएका छन् ।

दोस्रो फर्किने मुलुक मलेसियाबाट आठ हजार २७६ जना नेपाली स्वदेश फर्किएका छन् । तेस्रोमा साउदीबाट आठ हजार २२८, कुवेतबाट छहजार ३२० जना नेपाली स्वदेश आएका छन् । यस्तै, कतारबाट पाँच हजार ७३९ जना स्वदेश फर्किएका छन् ।

यो अवधिमा जापानबाट एकहजार २८२ जना नेपाली स्वदेश फर्किएका छन् भने अस्ट्रेलियाबाट एक हजार ८७ जना स्वदेश फर्किएको उल्लेख छ । दक्षिण कोरियाबाट ९६७ जना फर्किएकोमा छिमेकी देश बङ्गलादेशबाट ८६५ जना फर्किएको सिसिएमसिले बताएको छ ।

यसैगरी, माल्दिभ्सबाट ७०९ जना फर्किएकोमा ओमानबाट ६६७ जना नेपाली स्वदेश फर्किएका छन् । हाल सम्म संयुक्त राज्य अमेरिकाबाट ५९१ जना नेपाली स्वदेश फर्किएको बताइएको छ । यस्तै, पाँच सयभन्दा कम नेपाली स्वदेश आएकोमा थाइल्याण्ड ३२६, संयुक्त अधिराज्य ९बेलायत०बाट २४४ जना स्वदेश फर्किए ।

कोरोना भाइरसबाट सबैभन्दा पहिला उद्धार गरिएको छिमेकी मुलुक चीनबाट अहिलेसम्म २०८ जनाको उद्वार गरिएको छ । फर्कनै पर्ने अवस्थामा परी सोमालियाबाट एकजना मात्रै नेपाली स्वदेश फर्किएको सिसिएमसिले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

यस्तै सयभन्दा कम सङ्ख्यामा नेपाली स्वदेश फर्किएको देशहरुमा इराक, स्विजरल्याण्ड, इरान, ईथोपिया, ट्युनिसिया, सुडान, नाइजेरिया, युगाण्डा, पोर्चुगल, फ्रान्स, स्पेन, ग्रिस आदि रहेका छन् ।

साथै, अष्ट्रिया, नेदरल्याण्डस्, बेल्जियम, इटाली, चेक गणतन्त्र, पोल्याण्ड, जर्मनी, अर्मेनिया, स्विडेन, नर्वे, फिनल्याण्ड, डेनमार्क, क्यानडा, मकाउ, पाकिस्तान, अफगानिस्तान, कम्बोडिया, म्यानमार, इजरायललगायतका देशहरुबाट थोरै मात्रामा नेपाली स्वदेश फर्किएका छन् । सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउने काम अहिले पनि जारी राखेको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,