Connect with us
Kapilvast Forest

कोरोना संक्रमण चौथो चरणमा प्रवेश,सैनिक ब्यारेकमै फैलियो कोरोना

२०७७, १४ भाद्र आईतवारमा प्रकाशित

काठमाडौँ-विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको मध्य चरणमा नेपाल पुगेको छ । राजधानी काठमाडौंमा कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश गरेको छ भने प्रदेश नम्वर २ को आर्थिक राजधानी वीरगन्जमा भने कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरेको छ ।

प्रदेश नम्बर २ मा अहिले कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ भने मृत्युको संख्या पनि अन्य प्रदेशको तुलनामा एक तिहाइ प्रदेश नम्वर २ मा नै रहेको छ । यो प्रदेशमा कोरोना संक्रमण परीक्षण गरेकामध्ये ६० प्रतिशतको नतिजा पोजेटिभ देखिएको छ ।

अहिले सरकारले प्रदेश नम्बर २ बढी प्रभावित भएपछि जनकपुर, वीरगन्ज र रौतहटमा विशेषज्ञ चिकित्सको टोली परिचालन गरेको छ भने समुदायमा फैलिएको संक्रमण नियन्त्रण गर्न स्थानीय प्रशासन र स्थानीय सरकारले एकआपासमा भेटघाट र भेला जम्मा हुन समेत प्रतिबन्ध लगाएको छ ।

राजधानी काठमाडौंमा निषेधाज्ञा लगाए पनि त्यसको परिपालना हुन नसक्दा हरेक दिन कोरोना संक्रमितको संख्या बढ्दो अवस्थामा रहेको छ । सरकारी आदेश अवज्ञा गर्नेलाई कारबाही गर्ने कानुन नभएका कारण सोचेजस्तो सफलता हात लाग्न नसकेको सुरक्षा अधिकारीहरुले बताउनु भएको छ ।

काठमाडौंमा कोरोना संक्रमितको संख्या बढेसँगै अत्यावश्यक सेवाबाहेक अन्य सवारी चल्न नदिने निर्णय स्थानीय प्रशासनले गरेको छ तर त्यसको परिपालना भने भएको देखिँदैन । अत्यावश्यक सेवाका नाममा सवारीसाधन चलेका छन् भने सडकमा मानिसको उपस्थिति र आउजाउ पनि बाक्लै देखिन्छ ।

सरकारी आदेश उल्लंघन गर्ने १ हजारभन्दा बढी सवारीसाधनलाई कारबाही गर्ने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकाल बताउनुहुन्छ । यस्तो संक्रमणको बेला हेलचेक्र्याइँ गर्ने बेला होइन तर मानिसले बुझेर पनि नबुझेको जस्तो गर्दा समस्या उत्पन्न भएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कठायत बताउनुहुन्छ ।

सेनाको ब्यारेकमा फैलियो कोरोना

कोरोना संक्रमणको मुख्य व्यवस्थापनको जिम्मेवारी लिएको नेपाली सेनाको २ वटा ब्यारेकमा कोरोना संक्रमण फैलिएको छ । नेपाली सेनाको लमजुङमा रहेको कृषि तथा पशुपालन व्यावसायिक स्वावलम्वन तालिम केन्द्रभित्र कोरोना संक्रमण फैलिएको छ । त्यहाँ कसरी कोरोना संक्रमण फैलियो भनेर खोजी गरिरहेको जानकारी नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले जानकारी दिनुभयो ।

त्यसै गरी बाँकेको कौशिलानगरमा रहेको मध्यपश्चिम पृतना तालिम केन्द्रमा पनि कोरोना संक्रमण फैलिएर ५१ जना सैनिक संक्रमित भएका छन् । सो तालिम केन्द्रमा बढुवाका लागि सञ्चालित तालिममा सहभागीमध्येबाट कोरोना संक्रमण फैलिएपछि अहिले तालिम स्थगित गरेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
प्युठानबाट तालिममा सहभागी हुन आएका एक सैन्यबाट उक्त कोरोना संक्तमण फैलिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । अहिले दुवै ब्यारेकमा आइसोलेसन बनाएर उनीहरुको निगरानी नेपाली सेनाका चिकित्सकहरुले गरिरहेका छन् । अहिलेसम्म नेपाली सेनाका ४ सय ४८ जना संक्रमित भएका खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,