Connect with us
Kapilvast Forest

आजदेखि इन्द्रजात्रा सुरु

२०७७, १४ भाद्र आईतवारमा प्रकाशित

indra jatraa
filephoto

काठमाण्डौ -काठमाण्डौ उपत्यकाको सबैभन्दा ठूलो जात्रा मानिने इन्द्रजात्रा आजदेखि सुरु भएको छ । हरेक वर्ष भदौशुक्ल द्धादशीका दिनदेखि एकहप्तासम्म मनाइने येँया भनिने इन्द्रजात्रा सुरु हुने गर्दछ ।

यसवर्ष कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण यो पर्व घर(घरमा मात्र सीमित हुने भएको छ । हनुमानढोका दरबारअगाडि इन्द्रध्वजा ठड्याएपछि औपचारिक रुपमा इन्द्रजात्रा सुरु हुने परम्परा छ । तर यसवर्ष यो परम्परा भंग भएको छ ।

आइतबार बिहान ८ बजेर ७ मिनेटको साइतमा इन्द्रध्वजा ठड्याउने साइत थियो । त्यसो गर्न नसकिए पनि बिहान साधारण पूजा मात्र गरिएको केन्द्रीय मानन्धर संघका गजेन्द्र मानन्धरले बताउनु भयोे । इन्द्रध्वजाको व्यवस्थापन मानन्धर संघले गर्ने गर्दछ।

त्यस्तै आजैदेखि इन्द्रजात्रामा प्रदर्शन गरिने मजिपाः लाखे, हल्चोकको आकाश भैरव, किलागलको पुलुकिसी, देवी नाच, महाकाली नाच, आकाश भैरवलगायतका परम्परागत सांस्कृतिक मूर्ति र नाचले प्राचीन सांस्कृतिक नगर झकिझकाउ गरिने गरिन्थ्यो ।

यी सबै देवदेवीको मुखौटाहरुलाई परम्पराअनुसार भण्डारण गरिएको ठाउँबाट निकालेर मर्मतसम्भार गरिएका छन् भने पूजासहित आसनमा राखिएका छन् । तर सर्वसाधारणको दर्शनको लागि देवदेवीको घर भनेर खुला गरिएका छैनन् । त्यस्तै देवीदेवीहरुका नाच पनि प्रदर्शन गरिने छैनन् ।

त्यस्तै आज बेलुका यस वर्षभरि निधन भएका व्यक्तिका परिवारले ‘उपाकु’ दीप प्रज्वलन गर्दै सांस्कृतिक नगर परिक्रमा गर्ने परम्परा छ । तर कोरोना भाइरसका कारण उपाकु जानु पर्ने कुनै(कुनै परिवारले बिहान सबैरै परिक्रमा गर्नु पर्ने परम्परालाई निरन्तरता दिनको लागि रुटको कुनै निश्चित ठाउँमा मात्र गएर पनि सम्पन्न गरेका छन् ।तर बेलुका हुने सबै धार्मिक गतिविधि भने यसवर्ष नहुने भएका छन् ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,