Connect with us
Kapilvast Forest

प्रेस पासको दुरुपयोग बढेको भन्दै पत्रकार महासंघको ध्यानाकर्षण

२०७७, १४ भाद्र आईतवारमा प्रकाशित

patrakar

 

काठमाडौं –विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को संक्रमणलाई नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञाका क्रममा काठमाडौ उपत्यकासहित देशका विभिन्न ठाँउमा गैरपत्रकारले प्रेस पासको दुरुपयोग गरेको पाइएको भन्दै नेपाल पत्रकार महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जनतालाई सूसुचित गराउने प्रयोजनका लागि दिइएको सुविधालाई कसैले पनि दुरुपयोग गर्नु गम्भीर आपत्तिको विषय भएको भन्दै महासंघले चेकजाँचलाई कडाइ पार्न प्रहरीलाई अग्रह गरेको छ । यस्ता दुरुपयोगले पत्रकारिता पेशाको प्रतिष्ठा र मर्यादामा आँच पुग्ने पनि महासंघको ठहर छ ।

महासंघ पत्रकारिता पेशाभन्दा बाहिरका व्यक्तिहरुलाई आफ्नो सवारी साधनमा प्रेस लेखेर हिँडडुल नगर्न आग्रह गर्दै महासंघले भनेको छ,प्रेस पासको दुरुपयोग रोक्न महासंघले नेपाल प्रहरी लगायतका सम्बन्धित निकायहरुलाई आग्रह समेत गरेको छ । ‘ कसैले प्रेसको दुरुपयोग गरेको पाइएमा कानुनी कारवाही गर्न महासंघ सम्बन्धित निकाय समक्ष हार्दिक आग्रह गर्दछ ।’

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,