Connect with us
Kapilvast Forest

अर्घाखाँचीमा सर्पको डसाइबाट एक जनाको मृत्यु

२०७७, १४ भाद्र आईतवारमा प्रकाशित

file photo
फाइल तस्बिर

सितगगां-अर्घाखाँचीको सितगगां नगरपालिका वडा नम्बर ५ थारपाइला मा सर्पले डस्दा आइतबार एक जनाको मृत्यु भएको छ। अन्दाजी ३५ वर्षिय स्थानीय यम बहादुर बेल्बासेको सर्पको डसाइ बाट मृत्यु भएको हो ।राति अस्पताल पुर्‍याउन नसकेको र गाउँघरमै झारफुक गरी उपचारका अस्पताल ल्याउन ढिलाईको कारण मृत्यु भएको हो।

राति सर्पले डसे पछि विषको असर शरीरमा देखिएपछि मात्र बेल्वासेलाइ आज विहान मात्रै उपचारका लागि गोरुसिगेको सर्प दंशमा उपचार केन्द्रमा ल्याइएको थियो ।विरामी गंम्भिर प्रकृतिको भए पछि अस्पतालले बुटवल रिफर गरेको थियो विषको असर शरीरमा अधिक फैलिए पछि बाटोमै मृत्यु भएको हो

यता परिवारले  अस्पतालले मृतक घोषण गरेको  सटिफिकेट हातमा लिएर एकाएक बैद्यले‌ जीवित बनाउँछु भने पछि परिवारले अझै कुर्दै बसिरहेका छन । बैद्यले‌ तांत्रिक विद्या लगाएर बचाउछु भने पछि परिवारले अस्पतालले मृतकघोषणा गरेकोको शवलाइ बाच्ने आसमा करिब ४ घण्टा देखि कुरीरहेका छन । त्यहि हल्ला सुनेपछि इलाका प्रहरी कार्यालय ठाडाका प्रमुख बाबुराम बस्ने सहितको टोली त्यस तर्फ आएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,