Connect with us
Kapilvast Forest

कोरोना बीमा गराउनेको संख्या १० लाख नाघ्यो

२०७७, १४ भाद्र आईतवारमा प्रकाशित

corona

काठमाडौं – नोवेल कोरोना भाइरस (कोभिड–१९) को बीमा गराउनेको संख्या १० लाख नाघेको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले शुक्रबारसम्म यस्तो बीमा गराउनेको संख्या १० लाख नाघेको जानकारी दिएको हो । आइतबार यो संख्या झन धेरै बढ्ने अनुमान गरिएको छ ।

समितिका अनुसार बीमा पुल मार्फत आठ लाख ३४ हजार ९ सय ३३ जनाको कोरोना बीमा भएको छ । उता बीमा संस्थानबाट सरकारी कर्मचारीहरुको बीमा हुने गरेको छ । तथ्यांक अनुसार संस्थानबाट करिब २ लाखको बीमा गरिएको छ । यी दुवैतिरको जोड्दा विमितको संख्या १० लाख नाघेको हो ।

अन्य बीमा कम्पनीहरुबाट गरिएको बीमाबाट ४६ करोड ९८ लाख ७९ हजार १ सय ८२ रुपैयाँको बीमा शुल्क आर्जन भएको छ । संस्थानबाट गर्नेहरुको १६ करोड रुपैयाँ हुन आउछ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतका सरकारी कर्मचारीहरुको भने सरकारले निःशुल्क बीमा गरिदिएको हो ।

यस अवधीमा ५ सय ९९ जनाले दावी भुक्तानी लिएका छन् । ५९९ जनाको साढे ५ करोड रुपैयाँ दावी भुक्तानी भएको समितिले जनाएको छ ।समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोराना बीमा गर्न सकिने व्यवस्था बनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,