Connect with us
Kapilvast Forest

रुपन्देहीमा थप एक साता लकडाउन

२०७७, १४ भाद्र आईतवारमा प्रकाशित

LOCKDOWN

वुटवल-गत भदौको ७ गतेदेखि रुपन्देही जिल्लामा जारी गरिएको लकडाउनको अवधि एक साता थप गरिएको छ।यसअघि जिल्लाका कतिपय पालिकाहरूले आ-आफ्नै तरिकाले लकडाउन जारी गर्दै आए पनि गत ७ गते सम्पन्न जिल्लास्तरीय कोभिड १९ नियन्त्रण तथा रोकथाम केन्द्र सिसिएमसीको बैठकले एक साताको लागि जिल्लाभरि लकडाउन गर्ने निर्णय गरेको थियो।

सिसिएमसीको उक्त निर्णय अनुसार जारी गरिएको लकडाउन आइतबार राति १२ बजेपछि समाप्त हुँदै थियो। जिल्लामा कोरोनाको संक्रमण समुदायस्तरमै पुगिसकेको र नियन्त्रणको लागि अझै एक साता लकडाउन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

आइतवार थप गरिएको लकडाउन भदौ २० गतेसम्म जारी रहने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिनु भयो ।

रुपन्देहीमा हालसम्म कुल संक्रमितको संख्या करिब ९ सय पुगेको छ भने ५ सय बढी सक्रिय संक्रमित छन्। त्यस्तै, रुपन्देहीमा हालसम्म ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,