Connect with us
Kapilvast Forest

नाग्म बजारमा सुक्खा पहिराे जादाँ १० जनाको मृत्यु

२०७७, १५ भाद्र सोमबारमा प्रकाशित

कालिकोट-जुम्ला र कालिकोटको सीमाबजार नाग्ममा पहिरोले चार घर पुरिँदा दुईमहिने शिशुसहित १० जनाको मृत्यु भएको छ । पहिरोमा परी एकजना गम्भीर भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान खसेको पहिरोले जुम्लाको तिला गुफा नगरपालिका– १ नाग्म बजारका चार घर पुरिएका हुन् । पूर्णा शाहीको घर पुरिँदा उनको परिवारका चारजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, जुम्लाका डिएसपी लालबहादुर धामीका अनुसार पूर्णाका पति ४० वर्षीय प्रयाक, छोराछोरी आठ वर्षीया हिमा, पाँच वर्षीय नीराजन र दुईमहिने अब्बलको ज्यान गएको छ ।

त्यस्तै, पहिरोले घर पुरिँदा ३५ वर्षीय मनवीर कटुवाल, ३० वर्षीय टेकबहादुर दमाईं, उनकी पत्नी २५ वर्षीया छोड्नु दमाईं, छोरा १० वर्षीय गजेन्द्र दमाईंको मृत्यु भएको डिएसपी धामीले बताए । पहिरोमा पुरिएर सुर्खेतको भेरी नगरपालिकाकी ४५ वर्षीया आइती खड्का र उमेर नखुलेका अमृत थापाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी ४० वर्षीया पूर्णा र १३ वर्षीय अर्जुन हमाल घाइते भएका छन् । पूर्णा गम्भीर घाइते भएकी छिन् । उनलाई सुरक्षाकर्मी र स्थानीय बासिन्दाले पहिरोबाट उद्धार गरेका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकी उनको अवस्था खतरामुक्त रहेको डिएसपी धामीले बताउनु भयो  । अर्का घाइते अर्जुन भने डिस्चार्ज  हुनु भएको छ । ।

पहिरोले पूर्णा, मुनवीर कटुवाल, लाल नेपाली र वीर परियारको घर पुरिएको हो । पहिरो पन्छाउने काम भइरहेको डिएसपी धामीले बताए । ‘पहिरोमा चारै परिवारका सदस्य पुरिएका छन् । १० जनाको शव भेटिएको छ, अन्यको खोजी भइरहेको छ । तर, कति पुरिएका छन् भन्ने यकिन छैन,’    खोजीका लागि पहिरो पन्छाउने काम जारी रहेको डिएसपी धामीले बताउनु भयो  ।

नाग्म बजारमाथिको खेतमा पानी छोडिएको थियो । जसले गर्दा भिरालो जमिन भासिँदा पहिरो गएको प्रहरीले जनाएको छ । यो क्षेत्रमा सञ्चार सुविधा नभएकाले उद्धारका लागि सुरक्षाकर्मीको टोली पुग्न समय लागेको थियो ।

बेपत्ताको खोजीमा जुम्ला र कालिकोटका सुरक्षाकर्मी परिचालन गरिएका छन् । जुम्लासँगै कालिकोटबाट पनि सुरक्षाकर्मीको टोली उद्धारका लागि खटिएको कालिकोटका डिएसपी श्याम ओलियाले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,