Connect with us
Kapilvast Forest

स्रोत नखुलेको रकमसहित डिभिजन इञ्जिनीयर पक्राउ

२०७७, १५ भाद्र सोमबारमा प्रकाशित

ghus

 

बुटवल-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नं ५ को पूर्वाधार विकास कार्यालयका एक सिनियर डिभिजन इञ्जिनीयरलाई आइतबार मन्त्रालय परिसरबाट रकमसहित पक्राउ गरेको छ।

आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले प्रदेश नं ५ भौतिक पूर्वाधार विकास मन्त्रालय परिसरबाट सोही मन्त्रालय, बाँके जिल्लास्थित पूर्वाधार कार्यालयका इञ्जिनीयर मनिषकुमार अर्याललाई स्रोत नखुलेको भनिएको पाँच लाख ३० हजार रूपैयाँसहित पक्राउ गरेको आयोगका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिनु भयो ।

उनलाई आइतबार अपराह्न ४।३० बजे कार्यालय समय सकिनै लाग्दा सवारी साधनबाट मन्त्रालयबाट बाहिर निस्कने क्रममा पक्राउ गरिएको बताइएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,