Connect with us
Kapilvast Forest

रौतहटमा १५ दिनमा ४ जनाको हत्या,फेरि महिलाको शव भेटियो

२०७७, १५ भाद्र सोमबारमा प्रकाशित

rautahat

रौतहट-रौतहटमा एक महिलाको शव फेला परेको छ । जिल्लाको गढीमाई नगरपालिका वडा नम्बर ३ मुसरिया गाउँको उखुबारीमा अन्दाजी ४० वर्षीया मिन्त्रा देवीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

स्थानीय सकल बैठाकी श्रीमती मृतक देवी १० बजे घाँस काट्न भनेर घरबाट निस्केको र उनको शव उखु बारीमा घाटीमा आफ्नै सारिले बेरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक रविराज खड्काले जानकारी दिनुभयो ।

घटनाको खबर प्राप्त हुनसाथ प्रहरी चौकी वरियारपुर र इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरीको टोली घट्नास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

रौतहटमा पछिल्लो १५ दिनमा ४ जनाको हत्या भएको छ । साउन ३१ गते गरुडा नगरपालिका ८ जिङ्गडियामा सच नर्सरीमा कार्यरत २० वर्षीय निरन्जन रामको घाँटी रेटेर हत्या भएको थियो । त्यस्तै भदौ ३ गतेका दिन राति करिब सवा नौ बजे हनुमान मन्दिरको पुजारी श्रीराम साहलाई हत्या भएको थियो ।

जिल्लाको माधव नारायण नगरपालिका वडा नम्बर २ खेसरहिया टोल निवासी ६५ वर्षिय पुजारी साहलाई अज्ञात समूहले खाना खादै गरेको अवस्थामा कन्चटमा गोली हानी हत्या गरेको थियो ।

त्यसैगरी निरन्जन रामको हत्याको आरोपमा पक्राउ १९ वर्षीय युवा विजय महराको प्रहरी हिरासतमा दिइएको चरम यातनाको कारण नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा ज्यान गएको थियो । यी घटना प्रहरीले सुल्झाउन नपाउँदै आज फेरि एक महिलाको शव फेला परेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,