Connect with us
Kapilvast Forest

भारतबाट मात्रै ३ लाख ६७ हजार नेपाली फर्किए

२०७७, १५ भाद्र सोमबारमा प्रकाशित

krishnanagar ncn
file photo of krishnangar kapilvastu

 

काठमाडौं-पाँच महिनाको अवधिमा भारतबाट मात्र ३ लाख ६७ हजार ७ सय नेपाली स्वेदश फर्किएका छन् । कोरोना भाइरसको त्रास बढेसँगै पाँच महिनाको अवधिमा भारतबाट ठूलो संख्यामा नेपालीहरु स्वदेश फर्किएका हुन् ।
सरकारले सीमा नाकामा कडाइ गरे पनि लकडाउनको अवधिमा एकै दिन हजारौंको संख्यामा नेपालीहरु स्वदेश फर्किएका थिए ।

शुरुमा नेपाल फर्किनेलाई सीमा नाकामा नै क्वारेन्टाइनको व्यवस्था गरे पनि नागरिहरुले सेवासुविधा नभएको भन्दै भागेर आ–आफ्नो घर गएका थिए । पछिल्लो समयमा पनि भारतबाट नेपाल फर्किने नेपालीलाई सम्बन्धित स्थानीय तहले व्यवस्थापनको काम गर्दै आएको छ ।

भारतबाट स्वदेश फर्कने अधिकांश नेपालीमा पछिल्लो समयमा कोरोनाको संक्रमण देखिएको छ । सुरक्षा निकायले सीमानाकामा कडाइ गरे पनि दैनिकरुपमा तीन सयदेखि १ हजार ५ सयसम्म नेपालीहरु नेपाल फर्किरहेका छन् ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मन्त्रिपरिषद्ले खुला गर्ने निर्णय गरेको दशवटा सीमा नाकाबाट दैनिकरुपमा नेपालीहरु भित्रिरहेको बताउनुभयो ।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘भारतबाट स्वदेश आएका नेपालीलाई अनिवार्यरुपमा क्वारेन्टाइनमा राख्ने र पीसीआर परीक्षण रिपोर्टको आधारमा मात्र घर जाने गरी स्थानीय तहले काम गरिरहेका छन् ।’ उहाँले कोरोना संक्रमणको जोखिम कम गर्नका लागि सीमानाकालाई व्यवस्थित बनाउन सुरक्षा निकाय परिचालन गरिएको बताउनुभयो ।

लकडाउन भएसँगै शुरुको दिनमा भारतबाट आउने नेपालीहरुको संख्या अहिले घट्दो क्रममा रहेको बताउनुभयो । उहाँले लकडाउन शुरु भयदेखि हालसम्म ३ लाख ६७ हजार ७ सय ९ जना नेपालीहरु भारतबाट स्वदेश फर्किएको बताउनुभयो ।हाल झापा, मोरङ, इलाम, सिराह पर्सा रुपन्देही, कपिलवस्तु, बाँके, कैलाली र कञ्चनपुर नाका सञ्चालनमा रहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,