Connect with us
Kapilvast Forest

दोस्रो टि–२० मा इंग्ल्यान्ड विजयी

२०७७, १५ भाद्र सोमबारमा प्रकाशित

एजेन्सी-कप्तान इओन मोर्गन र डेविड मलानले उत्कृष्ट ब्याटिङ गरेपछि घरेलु टिम इंग्ल्यान्डले टि–२० सिरिजको दोस्रो खेलमा पाकिस्तानलाई ५ विकेटले हराएको छ । पहिला ब्यटिङ गर्दै पाकिस्तानले दिएको १९६ रनको विशाल लक्ष्य इंग्ल्यान्डले १९।१ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । मोर्गनले ६६ रन बनाउनु भयो भने मलानले ५४ रनको इनिङ खेल्लनु भयो ।

३३ बल खेलेका मोर्गनले ६ चौका र छक्का प्रहार गरे भने मलानले ३६ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे । उनीहरुले तेस्रो विकेटका लागि मोर्गन र मलानले ११२ रनको शतकीय साझेदारी गर्नु भएको थियो । यस्तै बेइस्टोले २४ बलमा ४४ रन बनाउँदा बान्टोनले २० रन बनाउनु भयो । पाकिस्तानका शादब खानले ३ तथा ह्यारिस रउफले २ विकेट लिनु भयो ।

यसअघि पाकिस्तानले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा १९५ रन बनाएको थियो । उसका लागि मोहम्मद हाफिज र कप्तान बाबर अजामले अर्धशतकीय इनिङ खेल्नु भयो । हाफिजले ३६ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६९ रन बनाए भने अजामले ४४ बलमा ७ चौकाको सहयोगमा ५६ रन बनाउनु भयो ।

यस्तै फखर जमानले ३६ रन बनाउनु भयो । इंग्ल्यानडका अदिल रसिदले २ विकेट लिनु भयो । योसँगै तीन खेलको टि–२० सिरिजमा इंग्ल्यान्डले १–०को अग्रता लिएको छ । पहिलो टि–२० वर्षाका कारण रद्द भएको थियो । तेस्रो तथा अन्तिम टि–२० मंगलबार म्यान्चेस्टरमा हुने छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,