Connect with us
Kapilvast Forest

कोरोनाले आमा र छोराको मृत्यु भएपछि वडा सिल

२०७७, १५ भाद्र सोमबारमा प्रकाशित

 

धरान- एकै परिवारका दुई जनाको मृत्यु भएपछि धरान उपमहानगरपालिका–१७ पूर्णरूपमा सिल गरिएको छ । समुदाय स्तरमै फैलिएको कोरोनाले आइतवार बिहान धरान–१७ का एकै परिवारका आमा र छोराको मृत्यु भएको थियो । एक हप्तादेखि कोरोनाको लक्षण देखिए पनि उनीहरू अस्पताल नगएकाका कारण वडाभर सिल गर्न परेको बताइएको छ ।

शनिबार आमा छोरालाई नै श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । मृतक ७४ र ६० ववर्ष हुन् । योसँगै धरानमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत आमा छोराको ४५ मिनेटको फरकमा मृत्यु भएको अस्पतालले बताएको छ । कोरोना संक्रमण देखिँदा पनि परिवारले बेवास्ता गर्दा उनीहरूको मृत्यु भएको चिकित्सकको भनाइ छ ।

एक सातासम्म कोरोनाको लक्षण देखिँदा पनि समुदायमै रहिरहेकाले वडावासी झन् त्रसित बनेका छन् । वडा नम्बर १७ लाई सशस्त्र र जनपद प्रहरी परिचानल गर्दै पूर्णरूपमा सिल गरिएको छ ।

थप कोरोना संक्रमण फैलिन नदिन वडालाई एक साताका लागि सिल गरिएको वडाअध्यक्ष मनोज भट्टराईले बताए । एक सातासम्म कन्ट्याक ट्रेसिङ गर्ने र पहिलो, दोस्रो घेरालाई कतै पनि हिँडडुल गर्न नदिने उनले बताए । समुदायमा कोरोना संक्रमण फैलिन थालेपछि धरानमा साउन २२ गतेदेखिको पुनः लडकाउन पनि जारी छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,