Connect with us
Kapilvast Forest

लिभरपुललाई ५–४ ले पराजित गर्दै आर्सनल सिजन दोस्रोको उपाधिमा

२०७७, १५ भाद्र सोमबारमा प्रकाशित

एजेन्सी-प्रिमियर लिग च्याम्पियन लिभरपुलको चुनौती पेनाल्टी सुटआउटमा पन्छाउँदै लन्डन क्लब आर्सनल इंग्लिस सिजनको सुरुवातको रूपमा लिइने कम्युनिटी सिल्डको च्याम्पियन बनेको छ । शनिबार राति भएको खेलमा लिभरपुललाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै यो सिजन दोस्रो उपाधि जित्न सफल भएको हो ।

कम्युनिटी सिल्ड प्रिमियर लिग च्याम्पियन र एफए कप च्याम्पियन टोलीबीच खेल्ने चलन छ । लिभपुल ३० वर्षपछि प्रिमियर लिग च्याम्पियन बन्दा आर्सनलले चेल्सीलाई पराजित गर्दै एफए कपको उपाधि जितेको थियो । वेम्बली रंगशालामा आर्सनलले खेलको पहिलो हाफमा कप्तान पिएर एमेरिक औबामेयाङको गोलमा अग्रता लिएको थियो । १२औं मिनेटमा बुकायो साकाको पासमा औबामेयाङले गोल गरेका थिए ।

उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई लिभरपुलका गोलरक्षक एलिसन बेकरले बचाउने कुनै अवसर पाएनन् । दोस्रो हाफमा लिभरपुलले खेल बराबरी गरेको थियो । वैकल्पिक खेलाडी ताकुमी मिनामिनोले गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका थिए । उनले पेनाल्टी क्षेत्रभित्र आर्सनलका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई गोलमा परिणत गरेका थिए । मोहमद सलाहले अगाडि बढाएको बल भिडभाडमा क्लियर हुन नसक्दा मिनामिनोले पेनाल्टी क्षेत्र भित्रबाट सहजै गोल गरे ।

निर्धारित ९० मिनेटमा खेल १–१ को बराबरी भएपछि टाइब्रेकरमा खेलको नतिजा लिइएको थियो । दुवै टोलीका खेलाडीले सुरुवाती दुई पेनाल्टीमा गल्ति गरेनन् । लिभरपुलका मोहमद सलाह र फाबिन्होले गोल गर्दा आर्सनलका राइस नेल्सन र एन्सले मेटल्यान्ड नाइल्सले गोलर गरे । लिभरपुलको तेस्रो प्रहार गर्न आएका युवा फरवार्ड रियन ब्रेस्टरको प्रहार क्रसबारमा लाग्दै बाहिरिएपछि आर्सनलले अग्रता लिन अवसर पायो ।

उक्त अवसरलाई सेड्रिक सोआरेसले गोल गर्दै सदुपयोग गरे । त्यसपछि मिनामिनो र कर्टिस जोन्सले गोल गरेपनि आर्सनलका डेविड लुइज र औबामेयाङले गोल गर्दै आर्सनलको जित पक्का गरे । आर्सनलले १६औंपटक कम्युनिटी सिल्ड उपाधि जितेको हो । लिभरपुल अघिल्लो सिजन पनि पेनाल्टी सुटआउटमा म्यानचेस्टर सिटीसँग पराजित भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,