Connect with us
Kapilvast Forest

आज तेह्रौँ राष्ट्रिय पुस्तकालय दिवस मनाइँदै

२०७७, १५ भाद्र सोमबारमा प्रकाशित

file photo

काठमाडौं – आज तेह्रौं राष्ट्रिय पुस्तकालय दिवस, भर्चुअल माध्यमबाट मनाइँदै छ ।‘समाज रुपान्तरणका लागि पुस्तकालय’ भन्ने नाराका साथ दिवस भर्चुअल रूपमा मनाउन लागिएको हो ।

कोरोना सङ्क्रमणको जोखिमका कारण शिक्षालय र पुस्तकालय गएको चैत ५ गतेदेखि बन्द छन् । डिजिटल र स्वाध्ययनको क्रम चलिरहेका बेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन माध्यमबाट यस वर्षको पुस्तकालय दिवस मनाउन लागेको हो ।

विसं १८६९ भदौ १५ गते पुस्तक तहबिल स्थापना भएको दिनका सम्झनामा २०६५ सालदेखि हरेक वर्ष राष्ट्रिय पुस्तकालय दिवस मनाउने गरिएको छ । मन्त्रालयको पुस्तकालय शाखाका प्रमुख यादवचन्द्र निरौलाका अनुसार शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा आज भर्चुअलरुपमा पुस्तकालय र पठनपाठनका क्षेत्रका चुनौतीबारे छलफल हुनेछ ।

निरौलाका अनुसार अहिले सामुदायिक र सार्वजनिक गरी नेपालमा झण्डै सात सय पुस्तकालय छन् । भूकम्पपछि क्षतिग्रस्त पुल्चोकको राष्ट्रिय पुस्तकालयलाई उचित ठाउँ र भवन उपलब्ध गराउन पूर्वमन्त्री एवं पुस्तकालय अभियानकर्मी गणेश शाहले आग्रह गर्नुभएको छ ।

राष्ट्रिय पुस्तकालय जमलकाे त्रिविको तत्कालीन परीक्षा नियन्त्रणको कार्यालय रहेको ठाउँमा सार्ने निर्णय अझै कार्यान्वयनमा आउन सकेको छैन ।

Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,