Connect with us
Kapilvast Forest

स्वदेशको क्लबबाट खेल्न मेसीलाई अर्जेन्टिनी राष्ट्रपतिको आग्रह

२०७७, १५ भाद्र सोमबारमा प्रकाशित

 

एजेन्सी-अर्जेन्टिनाका राष्ट्रपति अलबर्टो फर्नान्डेजले फरवार्ड लिओनल मेसीलाई स्वदेश फर्किएर न्यूवेलस् बर्ल्ड ब्वाइजबाट खेल्न अनुरोध गर्नु भएको छ।
मेसीले स्पेनिस क्लब बार्सिलोना छाडेर अन्य क्लबमा जाने इच्छा देखाएसँगै अर्जेन्टिनाका राष्ट्रपतिको भनाइ सार्वजनिक भएको हो।

तर बार्सिलोनाले भने मेसीका लागि ७ सय मिलियन युरोको रिलिज क्लज राखेको छ।तर मेसीले रिलिज क्लज सिजनको अन्त्यमा लागू नहुने दाबी गर्दै आएका छन्।

मेसीले बार्सिलोना छाड्ने बताएसँगै उहाँलाई भित्र्याउन फ्रान्सको पेरिस सेन्ट जर्मेन, इन्टालीको इन्टर मिलान र युभेन्ट्सदेखि इंग्ल्यान्डका म्यानचेस्टर सिटीले भित्र्याउन प्रक्रिया अघि बढाइरहेका छन्।

अर्जेन्टाइन क्लब न्यूवेलस्‌का समर्थकहरूले मेसीलाई क्लबमा भित्र्याउनु पर्ने भन्दै रोसारियोको सडकमा र्‍याली निलकेका छन्।अहिले अर्जेन्टिनाका राष्ट्रपतिले नै मेसीलाई स्वदेश फर्कन भनिरहनु भएको छ ।तिम्रो क्लब नेवल्समा करियर अन्त्य गरेको हेर्ने अवसर हामीलाई देउ,’ फर्नान्डेजले सी फाइभ एनमार्फत मेसीलाई पठाएको सन्देशमा भन्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,