Connect with us
Kapilvast Forest

शिवराज आइसोलेशन सेन्टरको उद्घाटन

२०७७, १५ भाद्र सोमबारमा प्रकाशित

कपिलवस्तु-

कपिलवस्तुको शिवराज नगरपालिकाले निर्माण गरेको ३० शैयाको शिवराज आइसोलेसन सेन्टरको आज औपचारिक उद्घाटन गरीएको छ ।

जिल्लाको शिवराज ५ चन्द्रौटा स्थित नलकुुपको जग्गामा नवनिर्मित आइसोलेशन भवनको एक कार्यक्रमका प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले उदघाटन गर्नु भयो ।प्रदेश सरकार र शिवराज नगरपालिको सहयोगमा आइसोलेशन निर्माण गरिएको प्रदेश सभा सदस्य केसीले बताउनु भयो ।

यस क्षेत्रका नागरिकहरुको स्वास्थ्यलाई मध्येनजर गरी आइसोलेशन निर्माण गरिएको शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले बताउनु भयो । कोरोनाको महामारीका विच आइशोलेशन सेन्टर निर्माणमा सहयोग गर्ने सम्पुर्णलाई नगर प्रमुख अधिकारीले धन्याबाद समेत दिनु भयो ।

यस भन्दा पहिले खरेन्द्रपुर स्थित रहेका सुपा देउराली रिसोटमा आइसोलेशन निर्माण गरी कोरोना सक्रमितलाई राखीदै आएकोमा अब नया भवनमा कोराना संक्रमित राखीएको शिवराज नगरपालिकाको उपप्रमुख शिवकुमारी थारुले बताउनुभयो ।

अक्सीजन सहितको आइसोलेसन सेन्टरमा सुरु गरिएको शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले न्युज सेन्टर नेपाललाई जानकारी दिनुभयो । हिजो आइतबार भेटिएका संक्रमितहरुलाइ नव निर्मित आइसोलेसनमा राखीएको प्रशासकीय अधिकृत पौडेलले बताउनु भयो ।

नगरपालिकाले महादेव पोख्रेलको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी आइसुलेशन भवन निर्माणको जिम्मा दिएको थियो । आइसोलेशनको आज विधिवत रुपमा सुभारम्भ भएको छ ।

शिवराज नगरपाकिलाको उपप्रमुख शिव कुमारी थारु ,शिवराज नगरपालिकाका प्रशासकीय प्रमुख शेषकान्त पौडेल, शिवराज नपा वडा नम्बर ५ का वडा अध्यक्ष अर्जुन पाण्डे,व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल, स्वास्थ्य स्वस्थ्यकर्मी लगायतको उपस्थितिमा उद्धघाटन कार्यक्रम सम्पन्न भएको हो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,