Connect with us
Kapilvast Forest

६ किलो १ सय ग्राम गाँजासहित २ युवक पक्राउ

२०७७, १५ भाद्र सोमबारमा प्रकाशित

pakrau

कास्की – प्रहरीले गाँजासहित पोखराबाट २ जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले ६ किलो १ सय ग्राम गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका १७ का २० वर्षीय शिलास बिक र तनहुँको शुक्लागण्डकी १२ का सञ्जोक बिक रहेको प्रहरीले जनाएको छ ।

आइतबार राति ग ९ प ६०२८ नम्बरको पल्सर मोटरसाइकल चेजाँचका क्रममा उनीहरूको साथबाट ६ किलो १ सय ग्राम गाँजा र १ थान लागुऔषध बनाउने मेसिनसहित पक्राउ गरिएको हो ।उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ विपरितको कसुरमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,