Connect with us
Kapilvast Forest

फेसबुकमा सीडीओलाई गाली गर्ने एकजना पक्राउ

२०७७, १५ भाद्र सोमबारमा प्रकाशित

सुर्खेत – प्रमुख जिल्ला अधिकारी (सीडीओ) हिरालाल रेग्मीलाई सामाजिक सञ्जालमा गाली गरेको आरोपमा एकजना युवकलाइ प्रहरीले पक्राउ गरेको छ ।सीडीओ रेग्मीविरुद्ध अपशब्द लेखेको आरोपमा वीरेन्द्रनगर(१२ का राजन चालिसे लाइ प्रहरीले पक्राउ गरेको हो ।

 

कोरोना संक्रमण बढ्दै गएका बेला निषेधाज्ञा हटाउन गरेको निर्णयको आलोचना गर्दै चालिसेले फेसबुकमा सीडीओविरुद्ध अपशब्द लेखेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कायाृलय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिनु भयो ।

डीएसपी घर्तीका अनुसार फेसबुकमा सीडीओलाई गालीगलौज गर्ने युवक शनिबार नै पक्राउ गरेको हो । ‘महामारीका बेला फेसबुकमा प्रजिअलाई गाली गरेकाले पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं,’ डीएसपी घर्तीले भने, ‘अभद्र व्यवहार अन्र्तगत मुद्दाको प्रक्रिया अघि बढेको छ ।’

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भदौ एक गतेदेखि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा १२ गतेदेखि हटाउने निर्णय गरेको थियो ।

यो निर्णयको विरोध गर्दै ती युवकले फेसबुकमा आफू सुरक्षित छु भन्दैमा जनता मार्ने भन्दै स्टाटस राखेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,