Connect with us
Kapilvast Forest

ऋण फिर्ता नदिएको भन्दै महिलामाथि कुटपिट

२०७७, १५ भाद्र सोमबारमा प्रकाशित

महोत्तरी – महोत्तरीको औरहीमा ऋण फिर्ता नदिएको भन्दै एक दलित महिलामाथि रुपमा कुटपिट गरेको छ । औरही नगरपालिका १ औरही बजारकी ६५ वर्षीया महिलालाई पैसा फिर्ता नगरेको भन्दै कुटपिट गरिएको हो ।

सोमबार बिहान ऋण फिर्ता माग्दै घरमा आएका स्थानीय विजय चौधरी, सन्तोष चौधरीलगायतले महिलालाई निर्धात कुटपिट गरेका हुन् ।

पैसा माग्दै आएका चौधरी दाजुभाईले समान्य विवाद भएपछि ती महिलाले लगाएको कपडा च्यातेर कुटपिट गरेको पीडित महिलाकी पतिले बताए । दुई वर्षअघि ती महिलाले विजय चौधरीसँग प्रति बजार एक हजार रुपैयाँ ब्याज दिने शर्तमा ऋण लिएको गुदरी मण्डलले जानकारी दिनुभएकाे छ ।

पैसा लेनदेनको विषयमा बसेर छलफल गर्न भनिए पनि चौधरी दाजुभाईले शारीरिक रुपमा अशक्त महिलामाथि कुटपिट गरेकाे पीडित पक्षले बताएका छन् ।

घटनापछि पीडित उजुरी दर्ताका लागि प्रहरी चौकी औरही गए पनि उजुरी दर्ता नभएकाे बताइएकाे छ । तर घटनाको सम्बन्धमा पीडित पक्षबाट उजुरी नआएको महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश विष्टले जानकारी दिनुभएकाे छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,