Connect with us
Kapilvast Forest

नेपालमा कोरोनाबाट स्वास्थ्यकर्मीको ज्यान गयो

२०७७, १५ भाद्र सोमबारमा प्रकाशित

काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमणबाट पहिलो पटक स्वास्थ्यकर्मीको ज्यान गएको छ। जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका अनुसार मनरा सिसवा(४ निवासी ४० वर्षीय हेल्थ असिस्टेन्टको तीन दिनअघि मृत्यु भएको हो कोरोना संक्रमण पुष्टि भएर गम्भीर बिरामी परेका उहाँलाई उपचारका लागि महोत्तरीबाट काठमाडौं ल्याउँदै गर्दा काभ्रेस्थित भकुन्डेबेंसी क्षेत्रमा ज्यान गुमाउनु भएको हो ।

गाउँमै औषधि पसल चलाइरहेका उहाँ बिरामीको सेवामा सक्रिय रहेकै कारण त्यसै क्रममा उनी बिरामी भए पछि । उपचारका लागि काठमाडौं ल्याइएको थियो।काठमाडौंमै गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको थियो।

ज्यान गुमाएका स्वास्थ्यकर्मीमा मधुमेह थियो भने स्टोन पनि देखिएको थियो। ज्यान गुमाएका स्वास्थ्यकर्मीकी श्रीमती पनि कोरोनाकै कारण गम्भीर बिरामी हुनु भएको छ उहाँको अहिले अहिले सूर्या हेल्थ केयर अस्पताल काठमाडौंमा उपचार भइरहेको छ।

Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,