Connect with us
Kapilvast Forest

भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन

२०७७, १५ भाद्र सोमबारमा प्रकाशित

pranav mukharjee

काठमाडौँ-  भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको सोमबार साँझ निधन भएको छ।भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको दिल्लीस्थित आर्मी अस्पतालमा निधन भएको प्रणवका छोरा अभिजित मुखर्जीले सोमबार ट्वीट गरेर आफ्ना बाबुको निधन भएको जानकारी दिनु भएको भारतीय सञ्चारसंस्थाहरुले उल्लेख गरेका छन्।

आर्मी अस्पतालले सोमबार दिएको जानकारी अनुसार पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था आइतबारदेखि पुनः नाजुक बनेको यसअघि भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका थिए।

पूर्व राष्ट्रपति मुखर्जी कोमामा हुनुहुन्थ्यो र भेन्टिलेटरको सहायता प्रदान गरिएको थियो। उहाँको फोक्सोमा संक्रमण भएको थियो।अगस्ट १० मा ब्रेन कल्टको शल्यक्रिया गर्नका लागि गरिएको परीक्षणको क्रममा मुखर्जी कोरोना भाइरसबाट संक्रमित भएको पनि पुष्टि भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,