Connect with us
Kapilvast Forest

सिंहको शोक प्रस्ताव पारित

२०७७, १५ भाद्र सोमबारमा प्रकाशित

कपिलवस्तु-
आइतबार निधन भएका वुद्धभूमी नगरपालिका वडा नं ७ मानपुरका वडा अध्यक्ष राजेश्वर सिंहको नगरपालिकावाट शोक प्रस्ताव पारित गरेको छ नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले अध्यक्ष सिंहको निधन प्रति गहिरो दुःख व्याक्त गर्दै मृतक आत्माको चिरशान्तिको कामना गर्दे शोकाकुल परिवारजन प्रति समवेदना प्रकट गरिएको छ । साथै भोली १६ गते नगरपालिका लगायत सम्पुर्ण वडा कार्यालय तथा मातहतका कार्यालहरु वन्द गरि शोक विदा दिइएको नगर प्रवक्ता पवन कुमार चौधरीले बताए । ७१ बर्षिय सिंहको पछिल्लो समयमा विभिन्न दिर्घ रोगको कारण समस्या रहेको र उपचारको क्रममा निधन भएको परिवारले जनाएको छ ।
नगरपालिकाको विकासमा सिंहको योगदानको चर्चा गर्दै नगरले उनका सल्लाह र मार्गदर्शदन अवलम्वन गर्ने बताए । वडा मात्र नभइ नगरको विकासमा सिंहले पुर्याएको योगदानको नगरपालिकाले कदर गर्दे उहांको वडा तथा नगरको विकासमा कोरेका योजनाहरु साकार पार्ने समेत नगर प्रमुख श्रेष्ठले जनाएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,