Connect with us
Kapilvast Forest

प्यूठानमा ५० सैयाको आईसोलेसशन सेण्टर तयार

२०७७, १५ भाद्र सोमबारमा प्रकाशित

प्यार अलि खाँन-
चर्चामा रहेको तर कार्यान्वयनमा नआएको प्यूठानमा जिल्ला स्तरिय आईसोलेसन सेण्टर संचालनमा आउने भएको छ।
लक्षण सहितका कोरोना संक्रमित विरामीहरूलाई उपचार गर्न विजुवारमा निर्माणाधिन जेष्ठ नागरिक भवनमा सेण्टर संचालन गर्न लागिएको सेण्टर व्यवस्थापन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका उप-प्रमुख पदम थापाले जानकारी दिए।
‘स्वास्थ्यकर्मी, एम्बुलेन्स, सव बाहन, आवस्यक सबै जनशक्तिको हामीले व्यवस्थापन गरेका छौं।’ थापाले भने, ‘सेण्टर संचालनमा प्यूठानका सबै स्थानीय सरकारहरुको सहयोग रहनेछ।’
यसअघि समितिले दाखाक्वाडीको अरनिको विधालय तथा टारीमा आईसोलेसन सेण्टर संचालनमा ल्याउने प्रयास गरेको थियो।
५० सैयाको आइसोलेसन सेन्टरका लागि आवस्यक सबै मापदण्ड पुरा भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले बताए। सेण्टरको सुरक्षाको लागि सेनालाई जिम्मा दिईएको छ।
५९ जना सकृय कोरोना संक्रमित रहेको प्यूठानमा ४ सय १० जनाको पीसीआर रिपोर्ट आउन वाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ।
४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ३ सय ८८ जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने १ जनाको ज्यान गएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,