Connect with us
Kapilvast Forest

बुटवलमा थप ११ जना प्रहरीमा कोरोना संक्रमण

२०७७, १६ भाद्र मंगलवारमा प्रकाशित

बुटवल- इलाका प्रहरी कार्यालय बुटवलका थप ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार राति आएको रिपेर्ट अनुसार २४ जनाको स्वाब संकलन गरिएकोमा १९ जनाको रिपोर्ट आएको र त्यसमध्ये ११ जनाको रिपोर्ट पोजिटिभ देखिएको र अन्य ५ जनाको रिपोर्ट आउन बाँकी रहेको इलाका प्रहरी कार्यालयले बुटवलले जनाएको छ ।

बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले प्रहरी जवानदेखि जुनियर अधिकृतसम्मका २४ जनाको स्वाब संकलन गरिएकोमा १९ जनाको परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजिटिभ आएको बताउनुभयो ।

योसँगै इलाका प्रहरी कार्यालयमा संक्रमितको संख्या ३० पुगेको छ ।यसअघि १० भदौमा १५ थुनुवा र ४ जना प्रहरीमा कोरोना पुष्टि भएको थियो ।

इलाका प्रहरी कार्यालयमा १ सय ५० भन्दा बढी प्रहरी कर्मचारी कार्यरत रहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,