Connect with us
Kapilvast Forest

बुटवलमा फुड बैंक सञ्चालनकमा

२०७७, १६ भाद्र मंगलवारमा प्रकाशित

Food-Bank-Butwal

 

बुटवल -लकडाउनका कारण काम गर्न नपाउँदा छाक टार्न समस्या परेका मजदुर र विपन्न वर्गलाई लक्षित गरी बुटवलमा पनि फुड बैंक सञ्चालनमा आएको छ ।यसअघि रुपन्देहीको भैरहवामा पनि फुड बैंक सञ्चालनमा छ ।सामाजिक सञ्जाल फेसबुकमा सक्रिय ‘घर घरमा हामी’ अभियानले बुटवल–११ देवीनगरमा फुड बैंक सञ्चालनमा ल्याएको हो ।

‘हुनेले दिएर जाऔं, नहुनेले लिएर’ नारासहित स्थापना गरिएको फुड बैंकमा दाताहरुबाट स्वेच्छिकरुपमा चामल, दाल, नुन, तेल, पीठो, चिउरा, चाउचाउ, सोयाबिन र तरकारी जस्ता खाद्यान्न संकलन गरी समस्यामा परेकालाई वितरण गरिने अभियानका संयोजक शिव डुम्रेले बताउनु भयो ।

एक परिवारलाई ३ केजी चामल, १ केजी दाल, १ पोका तेल, एक पोका नुन, एक पोका सोयाबिन, चाउचाउ, चिउरा, सम्भव भएसम्म हरियो तरकारी तथा मास्क र सेनिटाइजर समेत वितरण गरिने डुम्रेले बताउनु भयो ।

हाल लकडाउन अवधिभर सञ्चालन गरिने फुड बैंकलाई भविष्यमा पनि व्यवस्थित ढंगले स्थायीरुपमा सन्चालन गर्ने लक्ष्य रहेको अभियानले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,