Connect with us
Kapilvast Forest

बालविवाह गराउन खोजेको अभियोगमा ५ जना पक्राउ

२०७७, १६ भाद्र मंगलवारमा प्रकाशित

marrige

सल्यान- प्रहरीले बिहेको जग्गेबाट सल्यानमा दुलाहा दुलही, बिहे गराउने पुरोहितसहित पाँच जनालाई पक्राउ गरेको छ।बालविवाह गराउन खोजेको अभियोगमा प्रहरीले बेहुला बेहुली, बेहुलाका बाबु आमा र पुरोहित लाई समेत पक्राउ गरेको छ।

आइतबार विहान विहेको जग्गेबाट सल्यानको बागचौर नगरपालिका वडा नं। ८ गैरागाउँ निवासी दुलाहा २५ वर्षीय दिपेन्द्र शर्मा र बाँकेको बैजनाथ गाउँपालिका वडा नं। १ गाभर निवासी १८ वर्षीया लक्ष्मी जैसीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनु भयो।

इलाका प्रहरी कार्यालय थारमारेवाट खटिएको प्रहरीले टोलीले भदौ १४ गते बिहान ८ बजेतिर बेहुलाका बुवा रेशम प्रशाद शर्मा, बेहुलाकी आमा र पुरोहितलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनु भयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,