Connect with us
Kapilvast Forest

शिवराज आईसोलेसन उदघाटन: समितिका पदाधिकारी नै बेखबर

२०७७, १६ भाद्र मंगलवारमा प्रकाशित

न्युज सेन्टर नेपाल, कपिलवस्तु-
कपिलवस्तुको शिवराजमा नव निर्मित भवन आइसोलेसन निर्माण उपभोक्त समितिका पदाधिकारी नै बेखबर रहेका छन । उपभोक्त समितिका अध्यक्ष महादेव पोखरेलले एकलौटी तवरले आइसोलेसन उदघाटन गरेको उपभोक्त समितिका पदाधिकारीले आरोप लगाएका छन । गत जेट पहिलो साता गठित उपभोक्त समितिले १५ दिनमा निर्माण सम्पन्न गर्ने प्रचार गरेको थियो ।

समिति आफुले निर्धारण गरेको समय अवधी भन्दा बल्ल तल्ल ४ महिनामा निर्माण गरेको भवनमा अध्यक्षले एकलौटी गरि कार्य गरेको उपभोक्त समितिका सचिब मधु पोख्रेलले बताउनु भयो । मधु पोख्रेलले भन्नू भयो भवन निर्माण गर्दा धेरै मेहनत गरियो तर अध्यक्षले आफुले मात्रै जसलिने तवरले थाहै नदिइ भवन उदघाटन गर्नुभएछ । निर्माण समितिको कोषाध्यक्ष मिना परियारले समेत आफुलाई भवन उदघाटनको बारेमा कुनै जानकारी नभएको बताउनु भयो ।

त्यस्तै अनुगमन समितिका संयोजक रबि दत्त मिश्रले भवन उदघाटनको बारेमा आफुलाई कुनै जानकारी नभएको बताउनु भयो ।अनुगमन समितिलाई कुनै पनि जानकारी नदिई सुटुक्क भवन उदघाटन गरिनु अध्यक्षको मनमा खोट रहेको मिश्रले आरोप लगाउनु भयो ।
नगरपालिकाले गठन गरेको उपभोक्त समितिका कुनै पनि सदस्यको सहभागीता नरहेको पाइएको छ ।

यता उपभोक्ता समितिका अध्यक्ष महादेव पोख्रेलले भवनको उदघाटन नगरपालिकाले गरेको बताएका छन । आफू सुतेको बेला राती ९ बजे स्वास्थ शाखाबाट उदघाटन गर्नुपर्ने बिषय आएपछि अर्को दिन उदघाटन भएको बताउनुभयो । पोखरेलले आफू माथी लगाइएको आरोप झुटा र तथ्यहिन रहेको बताउनुभयो ।

त्यस्तै शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले कोरोना महामारी विच भवन उदघाटन गरेको स्वीकार गर्नु भयो । भवन निर्माण उपभोक्ता समितिले भवन सम्पन्न गरेको निर्णय नगर्दै किन उदघाट्न गरेको भन्ने प्रश्नमा प्रमुखले भन्नुभयो भवनको आवस्यकता अनुसार उदघाटन गरिएको हो यस विषयमा विबाद गर्नु नजायज हो । निर्माण समितिको पदाधिकारी, पत्रकार, लगायतलाई कसैलाई नबोलाइ आवस्यकता अनुसार उदघाटन गरिएको नगर प्रमुखले बताउनु भयो ।

अनुगमन समितिले भवन सम्पन्न गरेको निर्णय गरेर पालिकालाई दिएपछि नगरले भवन लिनु पर्ने नियम भएपनी नगरपालिकाले कुनै कागजात नलिइ भवन उदघाटन गरेको छ ।

सोमबार प्रदेश सभा सदस्य अर्जुन केसी, नगर प्रमुख नेत्रराज अधिकारी, उपप्रमुख शिव कुमारी चौधरी, प्रमुख प्रशाकिय अधिकृत शेषकान्त पौडेल, वडा नं ५ का वडा अध्यक्ष अर्जुन पाण्डेको सहभागीतामा ३० सैयाको भवन उदघाटन गरिएको छ ।

कुल ७५ लाखको लागतमा निर्माण गरिएको भवनको अहिलेसम्म ४१ लाख भुक्तानी भैसकेको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,