Connect with us
Kapilvast Forest

एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु

२०७७, १६ भाद्र मंगलवारमा प्रकाशित

accident

 चितवन- पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ पानीधारामा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सर्लाहीको बरहथवा–२ का १५ वर्षीय बादे राना मगर छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार घाइते मगरको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । अन्य घाइतेको अवस्था मध्यम रहेको र सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

काठमाडौँबाट बिरामी लिएर सर्लाही जानका लागि आउँदै गरेको ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आफैँ अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल त्रिशूली नदी किनारमा खस्दा चालकसहित एम्बुलेन्समा सवार सबै घाइते भएका छन् । दुर्घटना बिहान ५ः१५ बजे भएको थियो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,