Connect with us
Kapilvast Forest

आज थप एक हजार ६९ जनामा कोरोना संक्रमित, संक्रमितको ४० हजार नाघ्यो

२०७७, १६ भाद्र मंगलवारमा प्रकाशित

corona

काठमाडौं-नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिनु भएको हो ।नयाँ थपिएका संक्रमित मध्ये ३४४ जना महिला र ७२५ जना पुरुष रहेका छन् । डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदयपुरका एकजना, ओखलढुंगाका २ जना, खोटाङका २ जना, झापाका १४ जना, पाँचथरका एकजना, मोरङका १२ जना, सुनसरीका ५६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका एकजना, पर्साका २ जना, बाराका ११ जना, महोत्तरीका २ जना, रौतहटका ५ जना, सप्तरीका एकजना, सर्लाहीका १९ जनामा कोरोना पुष्टि भएको छ ।

डा गौतमका अनुसार बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३९३ जना, काभ्रेका ८ जना, चितवनका ४५ जना, दोलखाका ११ जना, धादिङका ११ जना, नुवाकोटका २ जना, भक्तपुरका ३० जना, मकवानपुरका ६ जना, रसुवाका एकजना, रामेछापका २ जना, ललितपुरका ५८ जना, सिन्धुपाल्चोकका एकजना र सिन्धुलीका ६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ४ जना, गोरखाका ८ जना, तनहुँका ५ जना, नवलपरासी पूर्वका १५ जना,पर्वतका एकजना, लमजुङका ३२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका ९ जना, कपिलवस्तुका ७ जना, गुल्मीका १३ जना, दाङका १३ जना, नवलपरासीका ४ जना, पाल्पाका एकजना, प्युठानका एकजना,बर्दियाका ७ जना, बाँकेका ३३ , रुकुम पूर्वका एकजना र रुपन्देहीका ९१ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा जुम्लाका २ जना, दैलेखका २ जना, सल्यानका एकजना र सुर्खेतका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका १३ जना, कंचनपुरका ४ जना, कैलालीका २० जना, डडेल्धुरका २ जना, डोटीका २४, बझाङका ४० जना र बैतडीका १२ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ७६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २२ हजार १७८ पुगेको छ ।

नेपालमा मंगलबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २३९पुगेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,