Connect with us
Kapilvast Forest

रोल्पा कोरोना मुक्त

२०७७, १६ भाद्र मंगलवारमा प्रकाशित

corona

रोल्पा -आजबाट रोल्पा कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको छ । रुन्टीगढी गाउँपालिकाका एक सङ्क्रमित डिस्चार्ज भएर घर गएसंगै कोरोना सङ्क्रमितको संख्या शुन्य भएको हो ।

जिल्लामा रहेको अस्थायी आईसोलेशन केन्द्रले गएराती विज्ञप्ति निकाल्दै पहिलो सङ्ंक्रमित भेटिएको ८२ औ दिनमा १ जना ब्यक्ति कोरोना भाईरसबाट मुक्त भई डिस्चार्ज भएको जानकारी गराउदै अब जिल्लामा सङ्क्रमित नभएको बताएको छ ।

गत जेठ २९ गते ३ जनामा सङ्ंक्रमण देखिएसंगै जलजलन बहुमुखी क्याम्पसमा तयार गरिएको अस्थायी आईसोलेशन केन्द्र ७५ जना सङ्क्रमितलाई राखेको थियो ।

सङ्क्रमित शुन्य भए पनि जिल्ला कोभिड संकट ब्यबस्थापन समितिको निर्णय अनुसार अस्थायी आईसोलेशन केन्द्रलाई चौबिसै घण्टा तयारी अबस्थामा राखिने प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले सम्म जिल्लामा २ हजार ४ सय ४९ जनाको स्वाब संकलन गरिएकोमा २ हजार ३ सय ९१ जनाको परिक्षण गरिएको बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,