Connect with us
Kapilvast Forest

बंगालादेश युरिया मल पैंचो दिन सकरात्मक: प्रधानमन्त्री ओली

२०७७, १६ भाद्र मंगलवारमा प्रकाशित

oli

काठमाडौं – प्रधानमन्त्री केपी शर्माओलीले वंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग युरिया मल पैचौं माग्नु भएको छ । प्रधानमन्त्री ओलीले आज प्रधानमन्त्री हसिनालाई फोन गरी धान खेतीका लागि युरिया मल आवश्यक भएकाले केही दिनका लागि मल नेपाललाई पैँचो दिन आग्रह गर्नु भएको थियो । बंगालादेश युरिया मल दिन सकारात्मक देखिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भयो ।

बंगलदेशका प्रधानमन्त्रीसँग मंगलबार दिउँसो भएको टेलिफोन कुराकानीमा मल पैचो दिएर दिएर सहयोग गर्न आग्रह गर्नु भएको हो ।मल ल्याउने ठेक्का पाएको नेपाली ठेकदारले समयमै मल ल्याउन नसकेपछि सरकारले तत्कालको अभाव पूर्ति गर्न बंगलादेशसँग मल पैँचो मागेको थियो ।

कुटनीतिक माध्यमबाट भएको छलफलमा नेपाललाई तत्काल उपलब्ध गराउन सक्ने गरी ५० हजार मेट्रिक टन मल दिन बंगालदेश सकारात्मक भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,