Connect with us
Kapilvast Forest

मृतकको अन्तीम संस्कार गर्न पाउनु पर्ने मुस्लिम आगुवाहरुको माग

२०७७, १६ भाद्र मंगलवारमा प्रकाशित

abdulla hotel
बुटवल स्थित अब्दुल्लाह होटल का सञ्चालक तौहीद अंसारीको भदौ १४ गते आँचल अस्पतालमा राति १२ बजे मृत्यु भएको छ ।

कपिलवस्तु-
कोरोना भाइसरका कारण मृत्यु भएका मृतकका अन्तीत संस्कार गर्न पाउनु पर्ने कपिलवस्तुका मुस्लिम आगुवाहरुको माग गरेका छन । कोभिड १९ आर्थात कोरोना भाइरसका कारण ज्यान गुमाएको व्यक्तीको अन्तीम संस्कार गर्न नपाएकोले मुस्लीम सामुदाय सरकार प्रती रुष्टता व्यक्त गर्दै मृतकको अन्तीम संस्कार गर्न पाउनु पर्ने माग गरेका छन ।

प्रादेशिक अस्पताल बुटवलले आफु खुशी गरी मृतकको शब व्यवस्थापन गरेको मुस्लीम समुदायले आरोप लगाएका छन । शनिबार बुटवलमा उपचारका क्रममा रहेका (अब्दुल्ला होटल बुटवल) का संचालक तवहिद अन्सारी कोरोना भाइरसका कारण मृत्यु भएपछी उनको शब परिवारले समेत हेर्न नपाएको प्रती मुस्लीम समुदाय दुखी भएका छन । मुस्लिम समुदायको परम्परा अनुसार अन्तिम संस्कार गर्न नपाएको प्रति अन्सारी परिवार समेत दुख व्यक्त गरेका छन ।

परिवारको रोहबरमा अन्तीम संस्कार गर्न माग गर्दै मुस्लिम आगुवाहरु सिराज फारुकी, अकील मिया, अकरम पठानले प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीलाई ध्यानकार्षण पत्र समेत बुझाएका छन । मृतकको शबलाई धर्मीक पराम्परा अनुसार अन्तीम संस्कार गर्न पाउनु पर्ने माग सहित मुस्लीम आगुवाहरुले मन्त्री केसीलाई पत्र बुझाएका छन ।

आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले यस विषयमा गम्भीर रुपले छलफल गर्नु पर्ने बताएको अकरम पठानले बताउनु भयो ।
मदरसा बोर्ड प्रदेश ५ का उपाध्यक्ष मौलना मशहुद खाँ नेपालीले कोरोना भाइरसका कारण प्रदेश नं ५ मा कुनै मुस्लिम समुदायको व्यक्तिको मृत्यु भएमा घर परिवारको माग अनुसार अन्तिम संस्कारका दिनु पर्ने माग गर्नु भयो । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई इस्लाम धर्म र संस्कृति अनुसार अन्तिम संस्कार गर्न पाउनुपर्ने मौलना नेपालीले बताउनु भयो ।

मुस्लिम संगठन नेपालका केन्द्रीय अध्यक्ष सिराज फारूकीले अन्सारीको मृत्युप्रति दुख व्यक्त गर्दै मुस्लिम समुदायको धर्म र संस्कृति अनुसार अन्तिम संस्कार गर्न पाउनुपर्ने बताउनु भयो । मुस्लिम समुदायको धर्म र संस्कृति अनुसार मृतकको अन्तिम संस्कार नभएको प्रति मुस्लिम समुदायमा आक्रोश रहेको फारुकीले बताउनु भयो ।
राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफिले अन्तिम संस्कार गर्न पाउनुपर्ने यो समुदायको अधिकार समेत रहेको बताउ भयो । नागरिकको मृत्यु पश्चात सोही समुदायको परम्परा अनुसार शवको व्यवस्थापन गर्ने जिम्मेवारी राज्य को दायित्व भित्र अधिकार संविधानले पनि दिएको मुस्लीम युवा रहीश शाहले बताउनु भयो ।

परिवारको भनाई ।।
बुटवल स्थित अब्दुल्लाह होटल का सञ्चालक तौहीद अंसारीको भदौ १४ गते आँचल अस्पतालमा राति १२ बजे मृत्यु भएको छ । उनको अस्पतालमा एडमिट सोही दिन ३बजे एडमिट गराइएको घरका एक सदस्यले जानकारी दिनुभयो । करोना पोजिटिभको कारण मृत्यु भएका ठहर गर्दै अस्पतालले नेपाली सेना लाई जिम्मा लगाए पश्चात शव घरपरिवार लाई दिएको छैन । यद्धपि अस्पतालमा नै परिवारका ३ जना सदस्य लाई जनाज़ा पढाएको थियो ।

तर मृतक को शव परिवारलाई बुझाईएको छैन । र अहिले मृतकको शव बारे परिवार लाई कुनै जानकारी समेत दिएको छैन । परिवारका सदस्यहरू मृतकको शव बारे अनभिज्ञ छन । जबकि कोभीड १९ व्यवस्थापन अनुसार मृतक को सम्बन्धित परिवारको परम्परा बमोजिम सेना र परिवारका केहि सदस्य मिलेर अन्तिम अंत्येष्टि गर्ने प्रावधान छ।

साथै नागरिकको मृत्यु पश्चात सोही समुदायको परम्परा अनुसार शवको व्यवस्थापन गर्ने जिम्मेवारी राज्य को दायित्व हुने अधिकार संविधानले पनि दिएको छ । बाँके पर्सा महोत्तरी सर्लाही डी डी एम सी र समुदायको समन्वय मा कोरोना पोजिटीभ को शव व्यवस्थापन कार्य भईरहेको छ । अंतरराष्ट्रीय सन्धि १९४८ अनुसार प्रत्येक नागरिकले आफ्नो परम्परा अनुसार अन्त्येष्टि हुन पाउने अधिकार छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,