Connect with us
Kapilvast Forest

आज देखि सोह्रश्राद्ध प्रारम्भ

२०७७, १७ भाद्र बुधबारमा प्रकाशित

pitri_srada.

काठमाडौँ -हिन्दू परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भयो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिन्छ ।कोरोना संक्रमितको संख्या बढ्दै गएपछि केहि स्थानिय तहहरुले सोह्रश्राद्धमा प्रविधिको उच्चतम प्रयोग गरीपुरोहित (पण्डित) र त्यसकै माध्यमबाट संस्कार चलाउन आग्रह गरेका छन  ।

सोह्र वटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा सोह्रश्राद्धको नामले परिचित छ । चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ ।

बडादसैँ र तिहारजस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्वबोध गराउनुका साथै पितृऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता छ । सोह्रश्राद्ध पितृ तृप्तिको निमित्त पुण्यतम् पर्व हो ।

“सक्नेले यो पक्षका सोह्रै दिन नसक्नेले आश्विन कृष्ण पञ्चमीदेखि औँसीसम्म यो पनि नसक्नेले दशमीदेखि औँसीसम्म, यति पनि नसक्नेले पिताको मृत तिथिमा सोह्रश्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यता छ”।

यी तिथिमा कारणबस रोकिए कृष्ण औँसी, अष्टमी वा द्वादशीका दिन, यी दिनमा पनि रोकिए आश्विन शुक्ल पञ्चमीसम्म एक दिन जुराएर श्राद्ध गर्नुपर्ने धार्मिक मान्यता छ ।

यसमा पनि नसक्नेले कात्तिक कृष्ण औँसी वा मङ्सिर सङ्क्रान्तिअघि नन्दा तिथि र शुक्रबार नपारी गर्नुपर्ने विधान रहेको छ ।

शास्त्रीय परम्पराअनुसार आफ्ना पितृका नाममा सोह्रश्राद्ध भर पार्वण श्राद्ध, तीर्थ श्राद्ध तथा ब्रह्मकपाली श्राद्ध आदि गर्ने प्रचलन छ । सोह्रश्राद्धमै बितेकाको सम्झनामा भने ‘एक पार्वण’ श्राद्ध गरिन्छ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि केहि स्थानिय तहहरुले सोह्रश्राद्धमा प्रविधिको उच्चतम प्रयोग गरीपुरोहित (पण्डित) र त्यसकै माध्यमबाट संस्कार चलाउन आग्रह गरेका छन  ।यसका अलवा सोह्रश्राद्ध कार्यमा आफन्त, छरछिमेकी, इष्टमित्र, बन्धुबान्धवलाई आमन्त्रण नगर्न पनि आग्रह गरेको छ । सथै, समुदायस्तरमा कोरोना संक्रमित बढ्दै गएकाले जन्म, न्वारन, ब्रतबन्ध, विवाह, मृत्युसंस्कारजस्ता कर्म पारिवारिक रुपमा गर्न अनुरोध गरेका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,