Connect with us
Kapilvast Forest

युएस ओपन टेनिसको पहिलो चरणको खेलमा एण्डी मूरेको जित

२०७७, १७ भाद्र बुधबारमा प्रकाशित

 

एजेन्सी- बेलायती एण्डी मूरे युएस ओपन टेनिसको पहिलो चरणको खेलमा शानदार पुनरागमनसहित जित निकाल्न सफल भएका छन् ।मूरेले टेनिसको एकल स्पर्धामा लामो समयपछि शानदार प्रवेश गरेका हुन् । उनले योशिहितो निशिओकालार्य पराजित गरेर युएस ओपनको दोस्रो चरणमा स्थान पक्का गरेका हुन् ।

३३ वर्षका मूरे सुरुका दुई सेटमा पछि परे पनि त्यसपछि पुनरागमन गर्न सफल भएका हुन् । उनले निशिओकासँगको खेलमा ४–६, ४–६, ७–६ ९७–५, ७–६ ९७–४० र ६–४ को सेटमा जित निकालेको हुन् ।

हिपको शल्यक्रिया पूर्व मूरेले अन्तिमपटक सन् २०१९ मा अस्ट्रेलियन ओपन टेनिसको एकल स्पर्धामा भाग लिएका थिए । त्यसपछि उनी पहिलो पटक ग्राण्ड सलामको एकल स्पर्धामा सहभागी भएका हुन् ।मूरे दोस्रो चरणमा १५ औँ बरियताका क्यानडियन खेलाडी फिलिक्स अगेर–एलिएसिमीसँग प्रतिस्पर्धा गर्ने छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,