Connect with us
Kapilvast Forest

सन्दीप लामिछाने आबद्द टोली १९ रनले पराजित

२०७७, १७ भाद्र बुधबारमा प्रकाशित

sandip team

एजेन्सी-क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी(ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलाबाजले चौथो हार व्यहोरेको छ ।

मंगलबार राति भएको खेलमा ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित हुँदै जमैकाले चौंथो हार व्यहोरेको हो ।ब्रायन लारा स्टेडियममा नाइट राइडर्सले दिएको १ सय ८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जमैकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो ।

जमैकाका आन्द्रे रसेलले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै ग्लेन फिलिप्सले ४१ रन जोड्दा कार्लोस ब्रेथवेटले अविजित २१ रन जोडे ।

त्यस्तै एनक्रुमा बोनेरले २६ रन बनाए । नाइट राइडर्सका फावद अमहेदले २ विकेट लिए ।यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नाइट राइडर्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।नाइट राइडर्सका लागि कोलिन मुन्रोले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सुनिल नारिनले २९ तथा लेन्डेल सिमोन्सले २५ रन बनाए ।टिम सेइफर्टले १८ रन जोड्दा कप्तान केइरन पोलार्डले अविजित ३३ रन बनाए ।

जमैकाका कार्लोस ब्रेथवेटले २ विकेट लिए । यस्तै सन्दीप लामिछाने र फिडेल एडवार्डले एक एक विकेट लिए ।४ ओभर बलिङ गर्दै २० रन खर्चिएर १ विकेट लिएका हुन् । यससँगै सन्दीपले ७ खेलमा १० विकेट लिन सफल भएका छन् ।जमैकालाई हराएसँगै नाइट राइडर्सले लगातार सातौं खेलमा जित निकालेको छ ।शीर्ष स्थानमा रहेको नाइट राइडर्सले ७ खेलमा १४ अंक जोडेको छ ।जमैका ७ खेलमा ६ अंक जोडेर चौथो स्थानमा छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,