Connect with us
Kapilvast Forest

बहिर्गमन भिसाका लागि निवेदन दिन दूतावासको आग्रह

२०७७, १७ भाद्र बुधबारमा प्रकाशित

saudi arba

एजेन्सी- साउदी अरबबाट स्वदेश फर्किन चहाने अकामाको म्याद सकिएका र कम्पनीले हुरुप लगाएका तथा कम्पनी छाडेकाहरुलाई (एक्जिट भिसा)का लागि निवेदन दिन साउदीस्थित नेपाली दूतावासले अनुरोध गरेको छ ।

साउदी अरब पुगेपछि नै अकामा नबनाइदिएका, पाँच महिनाभन्दा लामो समदेखि अकामाको म्याद सकिएका र कम्पनीले हुरुप लगाएका तथा कम्पनी छाडेकाहरुले यो समयमा स्वदेश फर्कनका लागि चहाने नेपालीहरुले यो प्रकृयामा भाग लिनको लागि निवेदन दिन सकिन्छ दूतावासले जनाएको छ ।

बहिर्गमन भिसाका लागि निवेदन दिँदा दूतावासमा पासपोर्टमा आफ्नो फोटो रहेको पाना, अकामा(पाँच महिनाभन्दा लामो समयदेखि सकिएको भएमा), अकामा नबनाएको भएमा साउदी जाँदा साउदीको एअरपोर्टमा अध्यागमन काउन्टरमा लेखिएको बोर्डर नम्बर(यस्तो नम्बर अरबी भाषामा पासपोर्टको पानामा लेखिन्छ) कागजपत्र दूतावासमा पेश गर्नुपर्ने जनाएको छ ।

दूतावासका अनुसार यो प्रकृया थालनी भएपछि यसअघि नै ७३८ जना नेपालीले यस्तो भिसा प्राप्त गरिसकेको जनाएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,