Connect with us
Kapilvast Forest

लाखौँको अवैध सामग्री भन्सार चलान ,३ जना नियन्त्रण्मा

२०७७, १७ भाद्र बुधबारमा प्रकाशित

bhansar-krishnanagar.jpg

कपिलवस्तु-ईलाका प्रहरी कार्यालय कृष्णनगर र सशस्त्र प्रहरी बल नेपाल वि. ओ. पी. कृष्णनगरको संयुक्त टोलीले कृष्णनगर वडा नं ४ मा भारतबाट नेपाल तर्फ आउदै गर्दा संका लागरे चेक जांच गर्ने क्रममा लुकाइ छिपाई ल्याउदै गरेको २१९ थान चांदी जस्तो देखिने सेतो धातु लगायत ४ थान मोबाइल र कारमा लुकाई राखेको २० पिस पाउजु सहित ३ जना व्यक्ति लाई नियंत्रण मा लिई आवस्यक कार्यवाही का लागी भन्सार कार्यालय कृष्णनगर पठाइएको छ ।

संका लागि चेकजाच गर्ने क्रममा कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ५ बस्ने अकाश वर्मा, आन्नद वर्मा र ओम बहादुर घर्ती पक्राउ गरेर थप अनुसन्धान र आवस्यक कार्यवाही का लागी भन्सार कार्यालय कृष्णनगर पठाइएको ईलाका प्रहरी कार्यालय कृष्णनगर का प्रमुख प्रताप पौडेल ले दिनु भयो।

पक्राउ परेकाहरुको साथ बाट को साथ बाट VI VO 17,REDMI NOTE 7 PRO, IPHONE-6 / NOKIYA 1172 ४ थान मोबाइल बरामद गरिएको थियो । त्यस्तै शिवराज नगरपालिका बाट कृष्णनगर नगरपालिका वडा नं ४ सम्म आउन प्रयोग गरेको बा.८. च. २९५२ नंबर को कारमा लुकाएको अवस्था मा २० पिस पाउजु बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै ईलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरीले कृष्णनगर नगरपालिका वडा नं ७ अजिगरा बाट भारत बाट नेपाल तर्फ भन्सार छलि ल्याउदै गरेको कम्बाइन मेसिनको फलामको रिंग १ थाना, कम्बाइन मेसिनको फलामको पाइप २ थान, कम्बाइन मेसिनको फलामको पार्ट १ थान, लु .११.प . २६१ र लु. १७ प. ९४४९ नंबर को मोटरसाइकल उक्त समान ल्याउन प्रयोग गरिएको सबैको अनुमति मुल्य दुई लाख अठारह हजार राखि आवस्यक कार्यवाही का लागी भन्सार कार्यालय कृष्णनगर पठाइएको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगर ले दिएको छ ।

साथै भाद्र १५ गते बिहान ५ बजेको समयमा जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं ३ झण्डेनगर पुरानोमिल स्थितमा डिउटीमा खटिएको प्रहरी ले चेकिंग गर्दा नेपाल बाट भारत तर्फ भन्सार छलि मटर दाना १३०० के. जि. समातेको छ जस्को अनुमानित मूल्य पैसठ्ठी हजार (६५,०००) रहेको र आवस्यक कार्यवाही का लागी भन्सार कार्यालय कृष्णनगर पठाइएको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जानकारी दिएको छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,