Connect with us
Kapilvast Forest

बिपी क्यान्सर अस्पतालमा पिसीआर पछि मात्रै क्यान्सरको उपचार

२०७७, १७ भाद्र बुधबारमा प्रकाशित

bp-cancer-hospital_Newscenternepal

भरतपुर- कोरोनाको जोखिम उच्च बन्दै गएपछि यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोनाको पिसीआर परीक्षणपछि मात्रै क्यान्सरको उपचार थाल्ने भएको छ । क्यान्सरका बिरामीको उपचारका क्रममा अन्य रोगसँग लड्ने क्षमता कमजोर हुने भएकाले कोरोना परीक्षणपछि मात्र उपचार गरिने अस्पतालले जनाएको छ ।

देशका विभिन्न जिल्लाबाट क्यान्सरका बिरामी उपचारका लागि आउने देखिन थालेपछि अस्पतालले संक्रमण फैलन नदिन सबै बिरामीको पिसीआर परीक्षण अनिवार्य गरेको हो ।

कोरोना संक्रमितलाई अन्य बिरामीसँग राखेर उपचार गर्दा त्यस्ता बिरामीबाट अन्य बिरामी र कर्मचारीलाई सर्ने र अवस्था भयावह आउन सक्ने अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले बताउनुभयो । कोरोनाको उपचार दुई हप्तामा निको हुनसक्ने अवस्थामा निको भइसकेपछि मात्र क्यान्सरको उपचार शुरु गर्दा फरक नपर्ने गौतमको भनाइ छ ।

‘क्यान्सरका बिरामीलाई कोरोना संक्रमितसँग उपचार गर्दा मृत्युदरमा २५ देखि ३५ प्रतिशतसम्म बढ्ने खतरा हुन्छ, त्यसकारण पनि क्यान्सर उपचारपूर्व कोरोना अनिवार्य परीक्षण गराउनुपर्छ’, उहाँले भन्नुभयो । कोरोना प्रमाणित भएका बिरामीलाई कोरोना निको भइसकेपछि मात्रै उपचार गरिने गौतमले बताउनुभयो ।

अस्पतालले कोरोनाको संक्रमणबाट जोगाउन एक बिरामी एक कुरुवाको नियमसमेत अनिवार्य गरेको छ । अस्पतालका आकस्मिक र बहिरंग सेवा नियमित र पूर्ववतरूपमा सञ्चालन भइरहेको निर्देशक गौतमले जानकारी दिनुभयो । उहाँले पिसीआर परीक्षण ल्याब केही दिनभित्र संचालनमा ल्याइने तयारी भइरहेको बताउनुभयो ।

क्यान्सर अस्पतालका मात्रै ४२ स्वास्थ्यकर्मी र कर्मचारीको कोभिड–१९ पुष्टि भएको छ । तीमध्ये ७ जना निको भइसकेका छन् । सामान्य अवस्थामा दैनिक ७ सयदेखि ८ सय बिरामीले उपचार गर्ने क्यान्सर अस्पतालमा अहिले एक चौथाइ बिरामी मात्र आउने गरेको अस्पतालले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,