Connect with us
Kapilvast Forest

ताजिया प्रति हिन्दु समुदायको अटुट आस्था

२०७७, १७ भाद्र बुधबारमा प्रकाशित

ताजियामा पुजा गर्दै हिन्दु समुदायका नारीहरु.....

प्यार अलि खाँन,दाङ-

घोराही मुस्लिम समुदायको मुख्य पर्व भित्र मोहरम पनि एक हो। दुःख एव शोक मनाउने पर्वको रुपमा लिईने यस पर्वमा अल्लाहका विशेष दुत पैगम्बर मौला हुसेन शहिद भएको तिथिमा विशेष सम्झना गर्ने गरिन्छ। इस्लामिक नयाँ वर्षको पहिलो ५ तारिख देखि १० तारिखसम्म मोहरम विविध तौरतरिकाका साथ मनाउने गरिएको मुस्लिम अगुवाहरू बताउछन्।

हुसेनको बलिदानीपूर्ण सादगी र त्यागी जिवनको समस्त विश्वभरका मुस्लिम समुदायले अनुशरण गर्नुपर्नेमा मुस्लिम अगुवा ताज मोहम्मद मियांले जोड दिए। मोहरम पर्व नेपालका तराई तथा पहाडमा बसोबास गर्ने मुस्लिम समुदायले पनि धुमधामका साथ मनाउने गर्छन्। हुसेनको सम्झनामा नियमित न्याज फातिया (पुजाआजा), आलम, (खम्बा) गाड्ने, ताजिया चढाउने( मन्नत भाकल गर्ने) धार्मिक प्रवचन कार्यक्रम र ‘या हुसेन’ भन्दै लाठी, तलवार लिएर सामुहिक र्याली गरेर हुसेनको विशेष सम्झना गर्ने गरिन्छ।

दाङमा पनि करिब ७ वर्ष अघिदेखि मोहरम पर्व मनाउन सुरु गरिएको मोहम्मद रहिश वारसी (साईकिल बाबा) ले बताए। नेपालगंज स्थायी निवासी वारशी विगत २९ वर्षअघि देखि घोराहीमा साईकल पसल व्यवसाय गर्दै आएका छन्। वारशी बाबाकै पहलमा दाङमा मोहरमको सुरुवात भएको यहाँका जानकारहरु बताउछन्। ‘ताजिया राख्न एवं अन्य व्यवस्थापन गर्न यहाँका स्थानीय बिनोद श्रेष्ठले सहयोग गर्नुभयो।’ वारशी बाबाले भने, ‘हाम्रो समुदायसंगै यहाँका हिन्दु समुदायको विशेष आस्था एवं अटुट विश्वास रहीआएको छ।’ गुप्ता समुदायको विशेष साथ, मायाँ र सहयोग रहेको वारशी बाबाले बताए। मौला हुसेन (दिवंगत अल्लाहका दुत) समक्ष प्रार्थना एवं भाकल गर्न नि-सन्तान दम्पतीहरु, स्वास्थ्य सम्बन्धी समस्या, घरबार बिग्रेका, जिन जिन्नात (प्रेत आत्मा)ले समस्यामा परेकाहरु आउने गरेको वारशी बाबा बताउँछन्।

वारशी बाबासंग कुराकानी गर्दै प्यार अलि खाँन

वारशी बाबासंग कुराकानी गर्दै प्यार अलि खाँन

‘हामीलाई हुसेनप्रति विश्वास छ।’ घोराही उपमहानगरपालिका-१५ का स्थानीय रामनारायण गुप्ताले भने, हाम्रो आस्था विश्वास उहाँ (हुसेन)प्रति गहिरो छ।’ घोराही-१५ कै सन्दिप शर्मापनि मोहरममा ताजिया चढाउने दिनमा उनको स-परिवार सरिक हुने गरेको बताउँछन्।

‘हाम्रो मन्नत उहाँले पुरा गर्दै आएको हामी विश्वास गर्छौं।’ शर्माले भने, ‘मोहरम पर्वलाई मुस्लिम बाहेक अन्य समुदायको पनि साथ र सद्भाव रहँदै आएको छ।’ ‘हामीलाई करबलाको समस्या एवं अभाव छ।’ वारशी बाबाले भने, ‘आशा छ स्थानीय सरकारले अवस्य पनि हाम्रो माग पुरा गर्ने छ।’ सामाजिक एकता, आपसी भाईचारा धार्मिक सद्भावलाई बढवा दिन यहाँको हिन्दु मुस्लिम समुदायको विशेष योगदान रहेको अर्घाखाँची देखि घोराहीमा फेन्सी पसल गर्दै आएका काठमाण्डौ सेलका संचालक अमिर खाँनले बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,