Connect with us
Kapilvast Forest

फेसबुक र इन्स्टाग्राममा समाचार शेयर गरे शुल्क तिर्नुपर्ने

२०७७, १७ भाद्र बुधबारमा प्रकाशित

facebook

एजेन्सी -प्रयोगकर्ताले शेयर गर्ने विभिन्न समाचारहरु बापत सम्बन्धित सञ्चार माध्यमलाई शुल्क तिर्नुपर्ने अष्ट्रेलियाको प्रस्तावित नयाँ कानुनप्रति फेसबुकले कडा प्रतिक्रिया जनाएको छ ।

फेसबुकमा जो कोहीले शेयर गर्ने समाचारबापत सम्बन्धित मिडियालाई फेसबुकले पैसा तिर्नुपर्ने गरी अष्ट्रेलियाले नयाँ कानून निर्माणको तयारी गरेसँगै फेसबुक र गुगल त्यसविरुद्ध उभिएका छन् ।

त्यस्तो कानून बनेमा अष्ट्रेलियामा फेसबुक प्लाटफर्ममा समाचार शेयर गर्ने फिचर बन्द गर्ने चेतावनी फेसबुकले दिएको छ ।गुगलले गत महिना नै प्रस्तावित उक्त कानुनको विरोध गर्दै यदि सो कानुन आएमा अष्ट्रेलियामा गुगल सर्चको सेवा नाटकीय रुपमा खस्किने चेतावनी प्रयोगकर्ताहरुलाई दिएको छ ।

यसरी गुगललाई पछ्याउँदै फेसबुकले पनि पछिल्लोपटक चेतावनी दिएसँगै अष्ट्रेलिया सरकार र दिग्गज प्रविधि कम्पनीहरुबीचको तनाव सतहमा आएको हो ।

समाचार शेयर भएबापत फेसबुकले पैसा तिर्नुपर्ने अष्ट्रेलियाद्वारा प्रस्तावित विधयेकले कानुनको रुप लिएमा अष्ट्रेलियाली प्रयोगकर्ताका लागि फेसबुक र इन्स्टाग्राममा समाचार शेयर गर्ने फिचर बन्द गरिने फेसबुकले प्रष्ट पारेको छ ।

अष्ट्रेलियन नियामक निकायको रुपमा रहेको प्रतिस्पर्धा तथा उपभोक्ता आयोगले भने विज्ञापनबाट हुने आम्दानी धरासायी भएको अवस्थामा प्रविधि कम्पनी र अष्ट्रेलियन समाचार संस्थाहरुको बीचमा तादात्म्यता कायम गर्न उक्त कानुन बनाउन लागेको दाबी गरेको छ ।

समाचार शेयर गर्ने फिचर बन्द गरिने फेसबुकको चेतावनीलाई उसले गलत समयको गलत बुझाइ भनी टिप्पणी गरेको छ ।फेसबुक तथा इन्स्टाग्राममा समाचार शेयर गर्न रोक्नु आफूहरुको लागि पहिलो रोजाइ नभई अन्तिम विकल्प भएको भन्दै उनले समाचार रोकिए पनि फेसबुकका अन्य सेवा तथा फिचरहरुमा भने कुनै प्रभाव नपर्ने प्रष्ट पारेका छन् ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,