Connect with us
Kapilvast Forest

शेयर बजारमा एक घण्टामै एक अर्बको कारोबार

२०७७, १७ भाद्र बुधबारमा प्रकाशित

काठमाडौं -नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा बुधबार अप्रत्याशित ढंगले सकारात्मक कारोबार भइरहेको छ । यहि क्रममा ११ बजे खुलेको बजारमा १२ बजेसम्ममा एक अर्बको कारोबार भइसकेको छ ।

अहिलेसम्म भएको कारोबारमा कारोबार नै नभएका कतिपय कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म हाइड्रोपावरका धेरै कम्पनीहरुमा लगानीकर्ताको चाप देखिएको छ । बरुण र अरुण काबेली पावर लिमिटेडको शेयरमा उच्च बृद्धि देखिएको छ ।

त्यस्तै न्यादि हाइड्रोपावर, रिडि हाइड्रोपावर, सिनर्जी पावर, राधी विद्युत र छ्याङ्दि हाइड्रोपावर अहिले लगानीकर्ताको रोजाइमा परेको देखिएको छ ।

त्यसैगरि, पाँचथर हाइड्रोपावर, नेपाल हाइड्रो, अरुण भ्याली हाइड्रोपावर, रैराङ हाइड्रोपावर, हिमालयन पावर, हिमालयन उर्जा लगायतका कम्पनीहरुको मूल्य वृद्धि भएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,