Connect with us
Kapilvast Forest

बाँस्कोटाको अडियो लिक गर्ने मिश्रलाई अख्तियारले बोलायो

२०७७, १७ भाद्र बुधबारमा प्रकाशित

mishra

काठमाडौँ -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिद प्रकरणमा विजयप्रकाश मिश्रलाई उपस्थित हुन सूचना जारी गरेको छ । पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको एक विवादित अडियो रेकर्ड गरेर सार्वजनिक गरेका मिश्रलाइ सो प्रकरणमा बयानका लागि एक साताभित्र आयोगमा उपस्थित हुन अख्तियारले सार्वजनिक सूचना निकालेको हो ।

यसअघि मिश्रले उक्त अडियो प्रकरणबारे अख्तियारलाई अनुसन्धानमा सहयोग गर्ने बताएका थिए । पछिल्लो समय मुलुकबाहिर रहेका मिश्रले अडियो रेकर्ड गर्ने उपकरण जापानमा रहेकाले त्यही लिन आफू जापान आएको र लकडाउनका कारण फर्किन नपाएको भन्दै एक विज्ञप्ती जारी गरेका थिए । तर अख्तियारले भने कोरोना महाकारीकै बीच उनलाइ बयानका लागि बोलाएको छ ।

तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदका क्रममा ७० करोड कमिसन मागेको अडियो मिश्रले सार्वजनिक गरेका थिए । सो प्रकरणपछि बाँस्कोटाले मन्त्रीबाटै राजीनामा दिनुपरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,