Connect with us
Kapilvast Forest

लागु औषधसहित एकजना पक्राउ

२०७७, १७ भाद्र बुधबारमा प्रकाशित

pakrau fiture

 

वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ । उदयपुर कटारी नगरपालिका(६ बस्ने ३८ वर्षीय जीबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाको  साथबाट लागु औषध विनरेक्स ७२ बोत्तल र नाइट्राभेट ट्याब्लेट १०५ पिस फेला परेको प्रहरीले जनाएको छ ।

वीरगञ्ज(१३ राधेमाई टोल बस्दै आएका कार्कीलाई सोमबार दिउँसो पौने चार बजे डेराबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिनु भयो ।पक्राउ परेकाको कोठा खानत तलासी गर्दा विनरेक्स ७२ बोत्तल र नाईट्राभेट ट्याब्लेट १०५ पिस बरामद भएको प्रहरीले जनाएको छ ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,