Connect with us
Kapilvast Forest

रुपन्देहीका व्यवसायीले भदौ २१ गतेदेखि निषेधाज्ञाको अवज्ञा गर्ने चेतावनी

२०७७, १७ भाद्र बुधबारमा प्रकाशित

butwal
फाइल तस्बिर

काठमाडौं- उद्योग व्यापार संगठन, रुपन्देहीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञा उल्लंघन गर्ने चेतावनी दिएको छ।संगठनले आज प्रेस विज्ञप्ति जारी गर्दै भदौ २१ गतेदेखि निषेधाज्ञाको अवज्ञा गर्ने चेतावनी दिएको हो।

संघले भनेको छ, “भदौ २१ गतेदेखि सरकारले तोकेका स्वास्थ सुरक्षाको मापदण्ड पालना गरेर उद्योग व्यवसाय सञ्चालन गर्न नगरपालिका र जिल्ला प्रशासन कार्यालयसँग सहमति गरिनेछ। सहमति नभए स्वतः व्यवसाय सञ्चालनको सूचना जारी गरिने छ।”

संगठनले बैंकको किस्ता, घरभाडा, बिजुलीको महशुल, खानेपानी, कर्मचारीको तलब भुक्तानी गरिरहनुपर्ने तर व्यवसाय सञ्चालन गर्न नपाइने व्यवस्थाले व्यवसायी समस्यामा रहेको बताएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,