घरायसी विवादमा हसिया प्रहार गरेर श्रीमतीको हत्या

अछाम-अछाममा घरायसी विवादमा एक व्यक्तिले हसिया प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् ।साँफेबगर नगरपालिका–१३ बाब्लाका दिपकबहादुर कुँवरले श्रीमती धना देवी कुँवरको बुधबार दिउँसो १२ बजे तिर हत्या गरेको प्रहरीले जनाएको छ ।
घरायसी विवादका कारण कुँवरले गोठालो गएकी श्रीमतीको घाँटीमा हसिया प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए । उनले घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको बताए ।

