Connect with us
Kapilvast Forest

एकैपटक ४ बच्चा जन्माएकी आमाको निधन

२०७७, १७ भाद्र बुधबारमा प्रकाशित

जनकपुरधाम : एकैपटक चार बच्चा जन्माएकी धनुषाकी एक महिलाको मृत्यु भएको छ। विदेह नगरपालिका ७ जोगियारा घर भएकी करिब ३० वर्षीया अमिरूल खातुनको बुधबार अपरान्ह अगाडी मृत्यु भएको हो।

प्रसूति व्यथा लागेपछि खातुन मंगलवार जनकपुरस्थित काब्या अस्पतालमा भर्ना भएकी थिइन्। त्यसको केही बेरपछि बेलुका करिब ५ बजे उनले ४ बच्चा जन्माएकी थिइन् । शल्यक्रियापछि बच्चा निकालिएका कारण उनको अवस्था गम्भीर थियो। अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा उनको मृत्यु भएको छ।

उनको शव आफन्तले अस्पतालबाट घर लगेका छन् । मृत्युको कारणबारे अस्पतालका डाक्टरले केही प्रतिक्रिया दिएका छैनन्। शिशुहरूमध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो छ । चारै बच्चाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । बच्चालाई अहिले आइसियुमा राखेर उपचार भइरहेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,