Connect with us
Kapilvast Forest

भारतले पब्जीसहित थप ११८ एपमाथि भारतले प्रतिबन्ध लगायाे

२०७७, १७ भाद्र बुधबारमा प्रकाशित

pub ji

काठमाण्डाै – भारतले चीनमा विकसित एक सय १८ माेबाइल एप्सलाई प्रतिबन्ध लगाएकाे छ, यसमा पबजी पनि सामेल छ । इलेक्ट्राेनिक्स र इन्फर्मेशन टेक्नाेलजी मन्त्रालयलकाे तर्फबाट जारी गरिएकाे बयानमा ती एप्सले भारतकाे सम्प्रभुता र अखण्डता, देशकाे रक्षा र लाेक व्यवस्थाविरुद्धकाे गतिविधिमा लिप्त भएकाे बताइएकाे छ ।

मन्त्रालयकाे बयानमा भनिएकाे छ, ‘याे कदमबाट भारतका कराेडाैँ माेबाइल र इन्टरनेट प्रयाेगकर्ताकाे हितकाे रक्षा हुनेछ । याे निर्णय भारतकाे साइबर स्पेसकाे सुरक्षा र सम्प्रभुताकाे सुनिश्चित गर्ने मनसायबाट लिइएकाे हाे ।’

बयानका अनुसार भारत सरकारलाई यी एपका बारेमा विभिन्न गुनासा आइरहेका थिए, तीमध्ये केही रिपाेर्टमा एन्ड्राेइड र आईओएसमा उपलब्ध केही माेबाइल एप्सबाट प्रयाेगकर्ताकाे डाटा अनाधिकृत रुपमा चाेरी गरेर भारतबाहिर रहेकाे सर्भरमा पठाइरहेकाे बताइएकाे थियाे ।

लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा दुई देशकाे तनाव बढेकाे खबर आएलगत्तै भारतले चीनकाे थप एक सय १८ एप्स प्रतिबन्ध गर्ने निर्णय गरेकाे हाे ।

भारत सरकारले यसअघि जुन महिनामा पनि चीनसँग जाेडिएका ५९ एप्समा प्रतिबन्ध लगाएकाे थियाे, त्यसमा टिकटक पनि सामेल थियाे ।

पछिल्लाे पटक ५९ चिनियाँ एप्स प्रतिबन्ध गर्ने निर्णय गलवान उपत्यकामा १५ जुलाईमा भारत–चीन सैनिकबीच भएकाे हिंसक झडपकाे केही दिनपछि लिइएकाे थियाे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,