Connect with us
Kapilvast Forest

अछाममा कुटपिटबाट २४ वर्षीय युवकको मृत्यु

२०७७, १८ भाद्र बिहीबारमा प्रकाशित

death file

अछाम- एक २४ वर्षीय युवकको कुटपिटबाट ज्यान गएको छ । कुटपिट पछि जिल्ला सदरमुकामसमेत रहेको मंगलसैन नगरपालिका १४ कालागाउँका २४ वर्षीय सन्तोष भण्डारीको उपचारको क्रममा जिल्ला अस्पतालमा बुधबार मृत्यु भएको हो ।

मंगलसैन नगरपालिका वडानम्बर १४ कालागाउँको खाँदमा कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तीबाझका युवासँग भएको विवाद भएपछि कुटपिट हुँदा भण्डारी गम्भीर घाइते भएका थिए ।

शरीरको बाह्य भागमा कुनै चोटपटक नदेखिए पनि भित्री भागमा गम्भीर चोट लागेको र थप उपचारका लागि नेपालगञ्ज रेफर गरिए पनि हेलिकप्टरमा लैजान नपाउँदै भण्डारीको ज्यान गएको जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर मनोज विष्टले जानकारी दिनुभयो ।

जिल्ला प्रहरीका अनुसार कुटपिटका कारण ज्यान नै गएकोले घटनाको गम्भीर अनुसन्धान भइरहेको छ । कमलबजार नगरपालिकाका ६ हात्तीबाझका भूपेन्द्र शाहीलगायतका युवाको समूहले भण्डारीलाई कुटपिट गरेको र उनीहरुको बुधबार बिहानैदेखि खोजी भइरहेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी रमेशदत्त अवस्थीले बताउनुभयो ।

मृतक भण्डारीका आफन्तले पनि प्रहरी कार्यालयमा उजुरी गरिसकेकाले शाहीलगायतका फरार व्यक्तिको खोजी तीव्र पारिएको अवस्थीको भनाइ छ । मृतकका आफन्तले घटनामा संलग्न दोषीलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,