Connect with us
Kapilvast Forest

हाडनाता करणीको आरोपमा दाजुबहिनी पक्राउ

२०७७, १८ भाद्र बिहीबारमा प्रकाशित

parau

सोलुखुम्बु- हाडनाता करणीको आरोपमा महाकुलुङ गाउँपालिका २३ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेकोछ ।एउटै आमाको पेटबाट जन्मिएका दाजु बहिनीले विवाह गर्न लागेको भन्दै आमाले प्रहरीमा उजुरी दिए पछि पक्राउ गरेको हो ।

आमाले आफ्ना छोराछोरीले विवाह गर्न लागेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनीहरु पक्राउ परेका छन् । बुधबार जिल्लाको महाकुलुङ गाउँपालिकाबाट २३ वर्षीय दाजु र १९ वर्षीय बहिनीले यस्तो गल्ती गर्न लागेपछि आमाले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार दाजु बहिनीले प्रारम्भिक सोधपुछमा विवाह नै गर्न लागेको स्वीकार गरेका छन् । उनीहरुले विवाह गर्ने र आवश्यक परे गाउँ नै छाड्ने सहमति मै शारीरिक सम्पर्क समेत गरेको प्रहरी सामु बताएका छन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,